२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको जनाकारी दिएको छ। जसमध्ये गत २४ घण्टामा ८३० नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये प्रदेश १ को इलाममा २, झापामा २०, ताप्लेजुङमा २, तेह्रथुममा ३, धनकुटामा १, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ३८, संखुवासभामा २, सोलुखुम्बुमा १ र सुनसरीमा १० जना रहेका छन ।

यसैगरी प्रदेश २ को धुनषामा १, महोत्तरीमा १, रौतहटमा १ र सप्तरीमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यस्तै वाग्मती प्रदेशको काठमाडौंमा २५८, काभ्रेमा १, चितवनमा १९, धादिङमा ५, नुवाकोटमा ६, भक्तपुरमा २५, मकवानपुरमा ५, रसुवामा ५, रोमछापमा ३, ललितपुरमा ६५ र सिन्धुपाल्चोकमा १ जना कोरोना संक्रमित थपिएका हुन ।

मन्त्रालयका अनुसार  गण्डकी प्रदेशको कास्कीमा ५३, गोरखामा ३, तनहुँमा १३, नवलपरासी पूर्वमा ७, पर्वतमा ३, म्याग्दीमा १, लमजुङमा ९, बागलुङमा ६ र स्याङजामा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा १, गुल्मीमा ३, दाङमा १६, पाल्पामा ९, प्यूठानमा १, बर्दियामा १, बाँकेमा ७, रुकुम पूर्वमा १, रोल्पामा १ र रुपन्देहीमा २३ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कर्णाली प्रदेशको कालिकोटमा २, दैलेखमा ६, रुकुम पश्चिममा ८, सल्यानमा ६ र सुर्खेतमा १८ जना कोरोना संक्रमित थपिएका छन् भने सुदूरपश्चिम प्रदेशको अछाममा १५, कञ्चनपुरमा ४१, कैलालीमा ६२, डडेल्धुरामा १, डोटीमा १४, दार्चुलामा १, बझाङमा ९ र बैतडीमा १ जनामा कोरोना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ४ : ५९ बजे

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण

‘जनताले खबरदारी गर्न छोडेका दिन नयाँ दल पनि बिग्रिन्छन्’

नेपालमा राजनीतिक उथलपुथल गर्दै २०८२ बितेको छ। वर्ष २०८२ ले

आगामी बजेटमा दलित महिला तथा सीमान्तकृत बालबालिकाका मुद्दा समेट्न माग

काठमाडौं– दलित महिला सङ्घ (फेडो) ले आगामी आर्थिक वर्ष २०८२/८३