ललिता निवास जग्गा प्रकरण : अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई थुनामा पठाउन अदालतको आदेश | Khabarhub Khabarhub

ललिता निवास जग्गा प्रकरण : अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई थुनामा पठाउन अदालतको आदेश


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ।

वालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोग लागेका बस्न्यातलाई आइतबार विशेष अदालतले बयान लिएपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई थुनामा पठाउने आदेश जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेले बताए ।

ललिता निवास प्रकरणमा अख्तियारले २०७६ माघ २२ गते १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

बस्न्यातविरुद्ध अख्तियारले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबी गरेको थियो।

फर्जी मोह खडा गरेर ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेलेको उनीमाथि अभियोग लागेको छ ।

यसअघि विशेष अदालतले ललिता निवास प्रकरणमा मुछिएका अधिकांश आरोपितलाई धरौटी तथा साधरण तारेखमा रिहा गरेको थियो।

केही दिनअघि अदालतमा बयानका लागि उपस्थित भएका पूर्वमन्त्री चन्द्रदेव जोशीलाई साधारण तारेखमा छाड्ने अदालतले आदेश दिएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ७ : १२ बजे

बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न

कलैया– जिल्लामा चालु आर्थिक यस वर्षमा शतप्रतिशत वर्षे रोपाइँ भएको

शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से 

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार नेपाल

मङ्सिरमा बाघ र गैँडा गणना गरिने 

चितवन– गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने

ट्रम्पको दाबी, ‘मोदीलाई भनेको थिएँ, यति धेरै ट्यारिफ लगाउँछु कि तिम्रो टाउको घुम्‍नेछ’

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक ट्यारिफ लगाउने धम्की

आयल निगम महेन्द्रनगर कार्यालय : एक वर्षमा तीन कार्यालय प्रमुखको सरुवा

जनकपुरधाम– नेपाल आयल निगमको महेन्द्रनगर डिपो कार्यालय धनुषामा विगत एक