चीनबाट इन्टरनेट ल्याएको २ वर्ष : ब्यान्डविथ बढेन, मूल्य घटेन « Khabarhub

चीनबाट इन्टरनेट ल्याएको २ वर्ष : ब्यान्डविथ बढेन, मूल्य घटेन


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपालले चीनबाट ल्याएको इन्टरनेट चलाएको २ वर्ष पूरा भएको छ । यो अवधिमा चीनबाट आउने इन्टरनेट थप हुन सकेको छैन भने मूल्य पनि घटेको छैन् ।

नेपाल टेलिकमका अनुसार चीनबाट कुल २.८ जीबी इन्टरनेट ब्याण्डविथ मात्रै नेपाल आइरहेको छ । टेलिकमले दुई वर्षको परीक्षण पछि २०७४ पुसदेखि व्यवसायिक रुपमै चीनतर्फबाट ब्याण्डविथ ल्याउन शरु गरेको थियो । ‘नेपाल-चीन क्रसबोर्डर अप्टिकल फाइबर लिङ्क’ को व्यवसायिक सुरुवातसँगै भारतीय एकाधिकार समेत तोडिएको थियो ।

चाइना टेलिकम कर्पोरेसनसँग सम्झौता गरी टेलिकमले रसुवाको केरुङ हुँदै चीनियाँ ब्याण्डविथ पहिलो पटक नेपाल भित्र्याएको थियो । त्यस अघि टेलिकम भैरहवा, विरगञ्ज र विराटनगर नाका हुँदै भारतीय कम्पनी बीएसएनएल, एयरटेल र टाटासँग निर्भर रहेको थियो ।

चीनबाट इन्टरनेट ब्याण्डविथ भित्रिएसँगै इन्टरनेटको मूल्य घट्ने अुनमान विश्लेषण गरिए पनि त्यो सही सावित हुन सकेको छैन । न त त्यसले भारततर्फको निर्भरतालाई नै कम गर्न सकेको छ । १.५ जीबीपीएस ब्याण्डविथबाट शुरु भएको चीन तर्फको आयात अहिलेसम्म जम्मा १.३ जीबीपीएस मात्रै थपिएको छ ।

टेलिकमका सह–प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार हाल टेलिकमले चीनतर्फबाट कुल २.८ जीबीपीएस ब्याण्डविथ आयात गरिरहेको छ । चीनबाट इन्टरनेट ब्याण्डविथको आयात शुरु हुँदा मूल्यमा भारतीय ब्याण्डविथसँग समान भए पनि गति भने तीब्र हुने उल्लेख गरिएको थियो ।

सिङ्गापुरदेखि समुद्रमुनि बिछ्याइएको फाइबरबाट भारतका विभिन्न सहरमा जोडिदैं त्यहाँका ‘क्यारियर’ मार्फत ब्याण्डविथ नेपालसम्म आइरहेको छ । तर चीनतर्फबाट आउने ब्याण्डविथ भने हङकङ स्थित ट्रान्समिसन केन्द्रबाट चाइना टेलिकम्युनिकेसनले स्थलमार्गबाटै सोझै केरुङम्म ल्याइपुर्‍याएको छ ।

सिङ्गापुरभन्दा हङ्कङस्थित ट्रान्समिसन केन्द्रसँगको दुरी नजिक पर्ने भएकाले पनि चीनतर्फको इन्टरनेटको गति तुलनात्मक रुपमा तीब्र हुने भनाई तार्किक नै हो । तर, ग्राहकले इन्टरनेटको स्पिडमा पनि कुनै फरक महसुस गर्न सकेका छैनन् ।

प्रवक्ता भण्डारीका अनुसार चीनबाट इन्टरनेट ल्याउन विभिन्न किसिमका समस्या आएकाले पनि यस्तो भएको हो । एकातिर उच्च हिमाली भूभाग भएर फाइबर ल्याइएकाले हिउँको समस्याले बिग्रिँदा मर्मत गर्न समेत कठिन छ भने पहिरोले पनि क्षति पुर्‍याउने गर्छ ।

त्यसैले पनि टेलिकमले सोचेअनुसार चीनबाट इन्टरनेट ब्याण्डविथ भित्र्याउन नसकेको हो । जबसम्म चीनबाट ठूलो मात्रामा ब्याण्डविथ आउँदैन तबसम्म इन्टरनेटको गति र मूल्यमा त्यसले खासै परिवर्तन ल्याउने संभावना देखिँदैन ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ७ : २५ बजे

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना

दाङमा भेटिए ११ वटा अवैध भरुवा बन्दुक

दाङ – जिल्लाको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा

छात्राहरूमाथि दुर्व्यवहारबारे सुकुनाले भन्यो : पीडितले न्याय पाउनुपर्छ, निर्दोष बदनाम हुनुहुँदैन

मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत

फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या

काठमाडौं – मेटा कम्पनीअन्तर्गत सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक म्यासेन्जरमा

होर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी

मनिला – संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलसन्धिमा