निम्न चापीय प्रणालीले आज मौसममा बदलीसहित पानी पर्ने « Khabarhub

निम्न चापीय प्रणालीले आज मौसममा बदलीसहित पानी पर्ने


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अहिले देशभरको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव छ ।

जसका कारण आज (मंगलबार) पश्चिमी क्षेत्रमा सामान्य बदलीसँगै सुदूर पश्चिमका उच्च पहाडी भूभाग का थोरै स्थानमा हल्का वर्षा र हिमपात भएको छ ।

आज दिउँसो देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य पहाडी भू्भागमा आंशिक बदली रहनेछ । पश्चिमी भूभागका केही स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ।

आज राति भने देशको पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भूभागका एक दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

यस्तो छ ३ दिने मौसमको पूर्वानुमान

पुस २९ गते (मंगलबार)

दिउँसो : देशका पश्चिमी भू-भागमा सामान्य बदली भई अन्य पहाडी भू्-भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ।

रातिः देशका पश्चिमी भू-भागमा सामान्य बदली भई अन्य भू्-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ।

माघ १ गते (बुधबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली भई अन्य भेगमा मौसम सामान्यतया सफा रहने छ ।

रातिः पश्चिमी क्षेत्रमा सामान्य बदली रही अन्य भेगमा आंशिक बदली को अवस्था रहने छ । पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात को सम्भावना छ ।

माघ २ गते (बिहिबार)

दिउँसो : देशका पश्चिमी भू-भागमा सामान्य बदली भई अन्य भू्-भागमा आंशिक बदली रहनेछ।पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

रातिः देशको मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने छ । मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा संगै उच्च पहाडी भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ८ : ०८ बजे

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना

दाङमा भेटिए ११ वटा अवैध भरुवा बन्दुक

दाङ – जिल्लाको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा

छात्राहरूमाथि दुर्व्यवहारबारे सुकुनाले भन्यो : पीडितले न्याय पाउनुपर्छ, निर्दोष बदनाम हुनुहुँदैन

मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत

फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या

काठमाडौं – मेटा कम्पनीअन्तर्गत सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक म्यासेन्जरमा

होर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी

मनिला – संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलसन्धिमा