माघ २ देखि एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने « Khabarhub

माघ २ देखि एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-दोस्रो संस्करणको एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता माघ पहिलो साता हुने भएको छ । मंगलबार आयोजक एभरेष्ट वल्ड क्लास तेक्वान्दो ब्रान्च नेपालले प्रतियोगिता माघ २ गतेदेखि ४ गतेसम्म हुने जानकारी गराएको हो ।

प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित राष्ट्रिय तेक्वान्दो एकेडेमिको हलमा हुनेछ । आयोजकले पुरुष– महिला ग्योरोरीदेखि १२–१२ समूहका पुम्सेसहित १०० समूहका खेल हुने जनाएको छ ।

३ दिन चल्ने प्रतियोगितामा १२ सय खेलाडीहरुले १ सय १० स्वर्ण, १ सय १० रजत र २ सय २० कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रथम हुने टोलीले १ लाख रुपैयाँ पुरस्कार पाउने छन । दोस्रो हुने टोलीले ५० हजार तथा तेस्रो हुनेले २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने छन ।

प्रतियोगितामा उत्कृष्ट हुने महिला र पुरुष खेलाडीलाई जनही १०–१० हजार प्रदान गरिने प्रतियोगिता संयोजक सन्जिव फुयाँलले बताए ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी ७ वटै प्रदेशका उत्कृष्ट तथा विपन्न डोजाङलाई १ लाख ५० हजार बराबरको सामग्री समेत प्रदान गरिनेछ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  २ : ४१ बजे

हत्यामा संलग्न रहेको आरोपमा नुवाकोटबाट दुई जना पक्राउ

नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या

गोरेटो एजुकेशनल कन्सल्टेन्सीको पाँचौँ साधारणसभा सम्पन्न

काठमाडौँ- गोरेटो एजुकेशनल कन्सल्टेन्सीले आफ्नो पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बैतडी बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु, ४५ जना घाइते

बैतडी – बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ। पुर्चौडी

बैतडीमा जन्ती बोकेको बस दुर्घटना, १६ जना घाइते

बैतडी – बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ ।

अमेरिका र रुसबीच उच्चस्तरीय सैन्यतहको वार्ता पुनः सुरु गर्ने सहमति

वासिङ्टन – संयुक्त राज्य अमेरिका र रुस उच्चस्तरीय सैन्यतहको वार्ता