जिन्दगीमा कसैलाई पनि गाली नगर « Khabarhub

जिन्दगीमा कसैलाई पनि गाली नगर


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

जिग जिग्लर अमेरिकी लेखक, सेल्स्म्यान तथा प्रेरक वक्ता हुन् । उनका पुस्तक तथा प्रेरक मन्तव्यहरु संसारभर प्रसिद्ध छन् । सन् १९२६ नोभेम्बर ६ मा जन्मिएका जिग्लरको मृत्यु ८६ वर्षको उमेरमा सन् २०१२ नोभेम्बरमा भएको थियो ।

उनका ११ प्रेरक भनाइहरु :

१. तिमीलाई सुरुवात गर्नका निम्ति महान हुनुपर्छ भन्ने छैन तर महान बन्नका लागि भने अहिल्यै देखि सुरुवात अवश्य गर्नुपर्ने हुन्छ ।

२. जिन्दगीमा कसैलाई पनि गाली नगर । राम्रा मानिसले तिमीलाई खुसी पार्ने छन्, खराब मानिसले अनुभव दिनेछन्, खत्तम मानिसले पाठ सिकाउनेछन अनि उत्तम मानिसले यादगार बनाउनेछन् ।

३. तिमीले जीवनमा चाहेको हरेक पाउँनेछौ यदि तिमीले अरु मानिसले के चाहेका छन् सो प्राप्तिका निम्ति सहयोग गर्दछौ भने ।

४. जिन्दगी भनेको प्रतिध्वनी जस्तै हो : जे रोप्छौ त्यही फल्दछ, जे दिन्छौ त्यही प्राप्त गर्दछौ, अनि अरुलाई जस्तो देख्छौ आफूमा पनि त्यही भएको पाउँदछौ ।

५. जब तिमी समस्यामा ध्यान केन्द्रित गर्दछौ भने अझ धेरै समस्या देख्दछौ तर यदी सम्भावनातर्फ ध्यान लगाउँदछौ भने अरु बढी अवसर भएको पाउनेछौ ।

६. ती चीजहरु जुन दिन पनि मिल्न सक्छ तर जति दिए पनि सक्दैन तर आफुसँगै रहने चीजहरु मध्य सबैभन्दा उत्कृष्ट भनेको –तिम्रो शब्द, एक मुस्कान र कृतज्ञ हृदय हो ।

७. आफ्नो सपना पुरा गर्नबाट जति पनि असफल भएका छन् ति आफूमा क्षमता नभएर होइन बरु दृढ संकल्प नभएर हो ।

८. खराब र विषाक्त व्यक्तिहरुले तिम्रो दिमागमा भाडा जमाएर बस्न नदेउ । भाडा ह्वात्तै बढाइदेउ र उनीहरुलाई लात हानेर निकाल्देउ ।

९. आज तिमीले जे गर्दछौ त्यसैले नै भोलिको तिम्रो पुरै जीवन बदलिनेछ ।

१०. चिन्ताले हिजोको समस्यालाई दुर गर्दैन झन बरु आजको शान्ति र चैनलाई भने पक्कै दुर गर्दिनेछ ।

११. हिजो त राति नै समाप्त भइसक्यो आज त नयाँ दिन हो ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  २ : ५४ बजे

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

दुबईस्थित युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीलाई निशाना बनाएको इरानी दाबी

तेहरान- इरानको सेनाले संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको युक्रेनी ड्रोन

देउवा नेतृत्वको कांग्रेसले भन्यो – ओली र लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई