व्याडमिन्टनका प्रिन्स विश्व वरियताको ११ औं स्थानमा उक्लिए « Khabarhub

व्याडमिन्टनका प्रिन्स विश्व वरियताको ११ औं स्थानमा उक्लिए


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली खेलाडी प्रिन्स दाहाल जुजियर ब्याडमिन्टनतर्फको विश्व वरियतामा ११ औं स्थानमा उक्लिएका छन् । यसअघि १४ औं स्थानमा रहेका प्रिन्सले ३ स्थान सुधार गर्दै शीर्ष ११ मा पुग्न सफल भएका हुन् ।

ब्याडमिन्टनतर्फ नेपाली खेलाडीले हासिल गरेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइरहेका प्रिन्स ४ महिनाअघि भएको दुवई इन्टरनेसनल सिरिजमा उपाधि जितेपछि विश्व वरियताको शीर्ष ५० मा उक्लिएका थिए ।

प्रिन्स केही समय अगाडि नेपालमा भएको इन्टरनेशनल सिरिजमा पुरुष एकलतर्फ सेमिफाइनलसम्म पुगेका थिए भने अघिल्लो साता नेपालमै सम्पन्न प्रसिटेन्ट कपमा एकलतर्फ फाइनलमा पुगेका थिए ।

प्रिन्सले सेनेगलमा हुने २०२२ को युथ ओलम्पिक खेल्ने पक्का भएको प्रशिक्षक कमलेस निरौलाले बताएका छन् । युथ ओलम्पिक २०२२ को मे अथवा जुनमा हुने तय भएको छ ।

यो महिनाभित्र प्रिन्सले अहिलेको बरियतालाई कायम गर्न सके सिनियर ओलम्पिक २०२४ खेल्ने सम्भावना समेत रहेको प्रशिक्षक निरौलाको भनाइ छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ३ : ३२ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको