व्याडमिन्टनका प्रिन्स विश्व वरियताको ११ औं स्थानमा उक्लिए « Khabarhub

व्याडमिन्टनका प्रिन्स विश्व वरियताको ११ औं स्थानमा उक्लिए


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली खेलाडी प्रिन्स दाहाल जुजियर ब्याडमिन्टनतर्फको विश्व वरियतामा ११ औं स्थानमा उक्लिएका छन् । यसअघि १४ औं स्थानमा रहेका प्रिन्सले ३ स्थान सुधार गर्दै शीर्ष ११ मा पुग्न सफल भएका हुन् ।

ब्याडमिन्टनतर्फ नेपाली खेलाडीले हासिल गरेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइरहेका प्रिन्स ४ महिनाअघि भएको दुवई इन्टरनेसनल सिरिजमा उपाधि जितेपछि विश्व वरियताको शीर्ष ५० मा उक्लिएका थिए ।

प्रिन्स केही समय अगाडि नेपालमा भएको इन्टरनेशनल सिरिजमा पुरुष एकलतर्फ सेमिफाइनलसम्म पुगेका थिए भने अघिल्लो साता नेपालमै सम्पन्न प्रसिटेन्ट कपमा एकलतर्फ फाइनलमा पुगेका थिए ।

प्रिन्सले सेनेगलमा हुने २०२२ को युथ ओलम्पिक खेल्ने पक्का भएको प्रशिक्षक कमलेस निरौलाले बताएका छन् । युथ ओलम्पिक २०२२ को मे अथवा जुनमा हुने तय भएको छ ।

यो महिनाभित्र प्रिन्सले अहिलेको बरियतालाई कायम गर्न सके सिनियर ओलम्पिक २०२४ खेल्ने सम्भावना समेत रहेको प्रशिक्षक निरौलाको भनाइ छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ३ : ३२ बजे

बालेनको उपस्थितिमा उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय

काठमाडौं- उपसभामुख पदको निर्वाचनअघि डाकिएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको

औषधिको मूल्यवृद्धिबारे विभागको स्पष्टिकरण

काठमाडौं– पछिल्लो समय औषधिको मूल्यवृद्धि सम्बन्धी विषय संघीय संसद् र

उपसभामुखको निर्वाचनअघि रास्वपा दलको बैठक (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको

एकीकरण प्रयासबीच राष्ट्रपति सीले बेइजिङमा भेटे ताइवानकी विपक्षी नेतृलाई

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानको मुख्य विपक्षी पार्टी कुओमिन्ताङ

औषधि मूल्यवृद्धि प्रकरण : विभागका महानिर्देशक ढकाल छानविनको दायरामा 

काठमाडौं– कानुन विपरीत औषधिको मूल्यवृद्धिसम्बन्धी प्रकरणमा औषधि व्यवस्था विभागका महानिर्देशक