कृषि विकास बैंक घोटाला प्रकरणः ८ जनाविरुद्ध अख्तियारद्वारा अरोपपत्र दायर « Khabarhub

कृषि विकास बैंक घोटाला प्रकरणः ८ जनाविरुद्ध अख्तियारद्वारा अरोपपत्र दायर


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको न्यूरोडस्थित कृषि विकास बैंकका कर्मचारी दीपिका रेग्मीसहित आठजनाविरुद्ध सरकारी रकम दुरुपयोग गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले सो बैंकको नयाँ सडक शाखाकी ट्रेलर सहायक रेग्मीविरुद्ध रु चार करोड २४ लाख १३ हजार ६११ बराबरको हानि–नोक्सानी गरेको अभियोगमा मुद्दा दायर गरेको हो । आयोगले बैंकका तत्कालीन शाखा प्रबन्धक प्रेमहरि ढुङ्गेलविरुद्ध पनि समान बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

यसैगरी बैंकका ऋण शाखा प्रमुख गोपाल गिरीविरुद्ध रु दुई करोड ६१ लाख १९ हजार ४१५, तत्कालीन ऋण अधिकृत सलिल रेग्मीविरुद्ध एक करोड १० लाख ३३ हजार १९६, ऋण शाखाप्रमुख महेश्वर मरहट्ठाविरुद्ध रु ७६ लाख २१ हजार, तारानाथ पाण्डेविरुद्ध रु चार लाख, अवकाश प्राप्त सहायक रथी रमेशनाथ विष्टविरुद्ध रु चार करोड २४ लाख १३ हजार ६११, दुर्गा ज्वेलर्सका सञ्चालक प्रकाश घतानेविरुद्ध रु दुई करोड ६७ लाख ७५ हजार ४३५ बराबरको बिगो माग गर्दै मुद्दा दायर गरिएको छ ।

उनीहरुले अनधिकृतरुपमा बैंकको रकम निकाली हानि–नोक्सानी पुर्‍याएर अनुचित लाभ प्राप्त गर्ने उद्देश्यले बैंकको रकम दुरुपयोग गरेको पाइएको छ ।

यस्तै घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर नवीनकुमार सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उद्योग दर्ता गर्न सहजीकरण गरिदिन्छु भनी निजले सेवाग्राहीसँग रु ७० हजार घुस लिएको आयोगको अनुसन्धानबाट खुलेको छ । आयोगले बिगो असुलउपर र कैद सजायको माग गर्दै आज मुद्दा दायर गरेको हो ।

यस्तै महालक्ष्मी नगरपालिका ललितपुरका लेखाअधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सूचना तथा विज्ञापन प्रकाशन गरेको भुक्तानी गर्नुपर्ने बिलमा उनीहरुले रु ३० हजार घुस मागेको आयोगले आरोप लगाएको छ ।

कारागार सुरक्षागार्ड कैलाली दरबन्दी भई महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोकबहादुर खड्कालाई घुस लिएको अभियोगमा आयोगले पक्राउ गरेको छ ।

खड्काले कार्यस्थलमा खटिएको अवस्थामा सेवाग्राहीसँग मोटरसाइकलको कागजात मागी सवारीसाधन अनुमतिपत्रसमेत राखी कुनै पुर्जी नदिई रु दुई हजार घुस लिएको पाइएको छ । आयोगको टोलीले खड्कालाई कार्यालय नजीकैबाट पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ८ : ५१ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत