इलामेली समाज दक्षिण कोरियाको नेतृत्व निरौलालाई « Khabarhub

इलामेली समाज दक्षिण कोरियाको नेतृत्व निरौलालाई


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सौल- इलामेली समाज दक्षिण कोरियाको तेस्रो अधिवेशनले केदार निरौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा पवित्रा थेबे, उपाध्यक्षहरुमा महेश थापा, भवानी घिमिरे र लिला खतिवडा चयन भएका छन् ।

त्यस्तै महासचिवमा बालकुमार राई, सचिवमा उपेन्द्र निरौला, कोषाध्यक्षमा सुदिप फागो, सह-कोषाधक्षमा रमा कार्की र सदस्यहरुमा राजकुमार गुरुङ, चन्द्रकान्त दुलाल, सुजन राई, अर्जुन श्रेष्ठ, भीम विराज शंकर तथा विशाल जबेगु चयन भएका छन ।

कोरियामा रहेका नेपालीले स्वदेशका लागि सामाजिक काम गर्ने लक्ष्यसहित स्थापना भएको समाजले विभिन्न कारणले पीडामा परेका नेपालीलाई आर्थिक सहयोग गर्ने तथा नेपालस्थित वैज्ञानिक महावीर पुनले निर्माण गर्दै गरेको आविष्कार केन्द्रको लागि आर्थिक सहयोग संकलन गर्ने लक्ष्य राखेको समाजमा उपाध्यक्ष लिला खतिवडाले जानकारी दिए ।

समाजको अधिवेशनका अवसरमा कोरियामा रहेर समाजको विकासका लागि सहयोग गर्ने शंकर विश्वासी लिम्बू, टंकेश लिम्बू, चलचित्र ए मेरो हजुर ३ का सहनिर्माता सरोज सुब्बा, कवि तथा गीतकार खोम गुरुङ, गंगा बस्नेत, टीका थेगिम, हरि खनाल, लिला खतिवडा लगायतलाई सम्मान गरिएको थियो ।

समाजका अध्यक्ष दर्पण गुरुङको अध्यक्षता भएको कार्यक्रममा पूर्वान्चल समाज दक्षिण कोरियाका अध्यक्ष अमृत राई प्रमुख अतिथि थिए भने गैरआवाशीय नेपाली संघ (NRNA), नेपाल सम्पर्क समिति (NCC), कोरियाका प्रतिनिधी तथा कोरियामा स्थापित विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधीको सहभागिता थियो ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ९ : ०७ बजे

मलेसियामा हुने सिन्डिकेट र बिचौलिया अन्त्य गर्न प्रधानमन्त्री बालेनको एक्सन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच

यमन सङ्कट चर्किँदा साउदीको साथमा बेलायत, हवाई इन्धन सहयोग गर्ने

लन्डन– यमनका हुथी विद्रोहीबाट साउदी अरबमाथि भइरहेको आक्रमणको सामना गर्न बेलायतले

एसियाली खेलकुद : नेपाल थाइल्यान्डपछि पाकिस्तानसँग पराजित

काठमाडौं– जापानमा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको

प्रोटोकल तोड्दै प्रधानमन्त्री बालेन: भीआईपी बिदाइ, रेड कार्पेट र गार्ड अफ अनर बिना अमेरिका उड्दै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले विमानस्थलमा देखिने वर्षौँ पुरानो अर्को

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

कास्की– विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले