यसरी रिपेयर गर्न सकिन्छ बिग्रिएको माइक्रोएसडी कार्ड | Khabarhub Khabarhub

यसरी रिपेयर गर्न सकिन्छ बिग्रिएको माइक्रोएसडी कार्ड


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईँ स्मार्टफोन चलाउनुहुन्छ ? अनि फोनमा माइक्रोएसडी (मेमोरी) कार्डको पनि राख्नुहुन्छ होला । मोबाइलको आन्तरिक सफ्टवेयरमा धेरै फाइल राख्दा मोबाइल नै ह्याङ हु्ने भएकाले मेमोरी राख्नु अनिवार्य जस्तै हो । त्यही मेमोरी चलाउँदा चलाउँदै बिग्रियो भने के गर्ने ?

कार्ड पुरानो हुँदा पनि समस्या आउँछ । कहिले डिटेक्ट गर्दैन, कहिले फाइल ओपन हुँदैन यस्तै यस्तै तपाईंले भोगेका समस्या धेरै होला ।

यदि तपाईँको मेमोरीकार्डमा यस्ता समस्या आइरहेको छ भने यसलाई कसरी रिपेयर गर्ने भन्ने केहि आइडिया तपाईंलाई दिँदै छौं ।

यदी मेमोरी बिग्रिएमा डाटाको ब्याकअप लिनुहोस । फोनमा कार्ड डिटेक्ट गरिरहेको छैन भने तपाईं एक दुई अरु कम्प्युटरमा यसलाई चेक गर्न सक्नुहुन्छ, त्यहाँ डिटेक्ट गर्दछ । किनकि तपाई यदि कार्ड रिपेयर गराउन जाँदै हुनुहुन्छ भने डाटा नस्ट हुन सक्दछ । त्यसैले कार्ड ब्याकअप गर्न नभुल्नुस् ।

तरिका १

यदि मोबाइलमा कार्ड डिटेक्ट भइरहेको छैन तर कम्प्युटरमा डिटेक्ट भइरहेको छ भने पहिला फोनमा डाटा ब्याकअप लिएर त्यसलाई फम्र्याट गरिदिनुस् । तपाईं कम्प्युटरसँग कार्डलाई कनेक्ट गरी माई कम्प्युटरमा गएर त्यसमा राइट क्लिक गर्नुहोस र फ्याट ३२ मा फम्र्याट गर्नुहोस् यसले समस्या समाधान हुन्छ ।

तरिका २

कतिपटक मेमोरी कार्ड कम्प्युटर र मोबाइलमा कार्ड लगाउँदा देखाउछ तर भाइरस या सफ्टवेयरमा समस्याको कारणले कार्ड खुल्दैन । यस्तोमा सबैभन्दा पहिले कार्डमा कर्सर लैजानुस र राइट क्लिक गर्नुहोस ।

यहाँ एक्सप्लोरको अप्सन पाइनेछ त्यसैमा क्लिक गर्नुहोस् । यसमा तल प्रोपर्टिजको विकल्प पाइने छ, त्यसमा जानुहोस । त्यहाँ एक ट्याब एन्ड टुल्स भन्ने हुन्छ त्यसमा क्लिक गर्नुहोस र चेक नाउ एररमा क्लिक गर्नुहोस् । सानोतिनो समस्या छ भने ठीक हुन्छ ।

तरिका ३

यदि कार्ड देखाइरहेको छैन भने सबैभन्दा पहिले फोनलाई आफ्नो कम्प्युटरबाट सिस्टम म्यानेजरमा ओपन गर्नुहोस् । र डिस्क म्यानेजमेन्टमा जानुहोस् । यदि तपाईसँग विन्डोज १० छ भने माई पीसीमा राइट क्लिक गरेसँगै म्यानेजको विकल्प पाइनेछ, त्यसमा जानुहोस् ।

त्यहाँ तपाईँलाई पीसीमा उपलब्ध सबै डिस्कको लिस्ट देब्रेतर्फ आउनेछ । त्यहि दाहिनेतर्फ तपाइईलाई माइक्रोएसडी कार्ड देखिनेछ त्यसमा राइट क्लिक गर्नु पर्नेछ । यसमा तपाईलाई चेन्ज ड्राइभ लेटर एन्ड पाथको विकल्प मिल्नेछ त्यसलाई क्लिक गर्नुहोस ।

अब एक नयाँ विन्डोज खुल्नेछ । तपाईलाइँ त्यसमा एडको विकल्प मिल्नेछ त्यसमा क्लिक गरेर ड्राइभलाई कुनै अल्फाबेट नाम दिनुहोस् । तपाईले नाम दिँदा पीसी मा नभएको नाम दिनुपर्नेछ । यस लगत्तै कार्ड देखिन थाल्छ ।

यी विभिन्न विकल्पहरु अपनाउँदा पनि तपाईँको माइक्रोएसडी कार्ड प्रयोग गर्न सकिएन भने पक्कैपनि त्यो खराब भएको हुनुपर्दछ र तपाईँले नयाँ कार्ड किन्ने तयारी गरे हुन्छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  १० : २६ बजे

चाडपर्वलाई लक्षित गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौं – नजिकिँदो चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित

सडक बिग्रेका कारण खुलेन शुक्लाफाँटा निकुञ्ज सफारी

कञ्चनपुर – वर्षाका कारण निकुञ्ज जाने बाटो बिग्रेपछि शुक्लाफाँटा राष्ट्रिय

एमाले युवाहरूको पार्टी हो : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमाले युवाहरूको

सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइयो बूढी पोल्ने पर्व

बैतडी– बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व