यसरी रिपेयर गर्न सकिन्छ बिग्रिएको माइक्रोएसडी कार्ड « Khabarhub

यसरी रिपेयर गर्न सकिन्छ बिग्रिएको माइक्रोएसडी कार्ड


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईँ स्मार्टफोन चलाउनुहुन्छ ? अनि फोनमा माइक्रोएसडी (मेमोरी) कार्डको पनि राख्नुहुन्छ होला । मोबाइलको आन्तरिक सफ्टवेयरमा धेरै फाइल राख्दा मोबाइल नै ह्याङ हु्ने भएकाले मेमोरी राख्नु अनिवार्य जस्तै हो । त्यही मेमोरी चलाउँदा चलाउँदै बिग्रियो भने के गर्ने ?

कार्ड पुरानो हुँदा पनि समस्या आउँछ । कहिले डिटेक्ट गर्दैन, कहिले फाइल ओपन हुँदैन यस्तै यस्तै तपाईंले भोगेका समस्या धेरै होला ।

यदि तपाईँको मेमोरीकार्डमा यस्ता समस्या आइरहेको छ भने यसलाई कसरी रिपेयर गर्ने भन्ने केहि आइडिया तपाईंलाई दिँदै छौं ।

यदी मेमोरी बिग्रिएमा डाटाको ब्याकअप लिनुहोस । फोनमा कार्ड डिटेक्ट गरिरहेको छैन भने तपाईं एक दुई अरु कम्प्युटरमा यसलाई चेक गर्न सक्नुहुन्छ, त्यहाँ डिटेक्ट गर्दछ । किनकि तपाई यदि कार्ड रिपेयर गराउन जाँदै हुनुहुन्छ भने डाटा नस्ट हुन सक्दछ । त्यसैले कार्ड ब्याकअप गर्न नभुल्नुस् ।

तरिका १

यदि मोबाइलमा कार्ड डिटेक्ट भइरहेको छैन तर कम्प्युटरमा डिटेक्ट भइरहेको छ भने पहिला फोनमा डाटा ब्याकअप लिएर त्यसलाई फम्र्याट गरिदिनुस् । तपाईं कम्प्युटरसँग कार्डलाई कनेक्ट गरी माई कम्प्युटरमा गएर त्यसमा राइट क्लिक गर्नुहोस र फ्याट ३२ मा फम्र्याट गर्नुहोस् यसले समस्या समाधान हुन्छ ।

तरिका २

कतिपटक मेमोरी कार्ड कम्प्युटर र मोबाइलमा कार्ड लगाउँदा देखाउछ तर भाइरस या सफ्टवेयरमा समस्याको कारणले कार्ड खुल्दैन । यस्तोमा सबैभन्दा पहिले कार्डमा कर्सर लैजानुस र राइट क्लिक गर्नुहोस ।

यहाँ एक्सप्लोरको अप्सन पाइनेछ त्यसैमा क्लिक गर्नुहोस् । यसमा तल प्रोपर्टिजको विकल्प पाइने छ, त्यसमा जानुहोस । त्यहाँ एक ट्याब एन्ड टुल्स भन्ने हुन्छ त्यसमा क्लिक गर्नुहोस र चेक नाउ एररमा क्लिक गर्नुहोस् । सानोतिनो समस्या छ भने ठीक हुन्छ ।

तरिका ३

यदि कार्ड देखाइरहेको छैन भने सबैभन्दा पहिले फोनलाई आफ्नो कम्प्युटरबाट सिस्टम म्यानेजरमा ओपन गर्नुहोस् । र डिस्क म्यानेजमेन्टमा जानुहोस् । यदि तपाईसँग विन्डोज १० छ भने माई पीसीमा राइट क्लिक गरेसँगै म्यानेजको विकल्प पाइनेछ, त्यसमा जानुहोस् ।

त्यहाँ तपाईँलाई पीसीमा उपलब्ध सबै डिस्कको लिस्ट देब्रेतर्फ आउनेछ । त्यहि दाहिनेतर्फ तपाइईलाई माइक्रोएसडी कार्ड देखिनेछ त्यसमा राइट क्लिक गर्नु पर्नेछ । यसमा तपाईलाई चेन्ज ड्राइभ लेटर एन्ड पाथको विकल्प मिल्नेछ त्यसलाई क्लिक गर्नुहोस ।

अब एक नयाँ विन्डोज खुल्नेछ । तपाईलाइँ त्यसमा एडको विकल्प मिल्नेछ त्यसमा क्लिक गरेर ड्राइभलाई कुनै अल्फाबेट नाम दिनुहोस् । तपाईले नाम दिँदा पीसी मा नभएको नाम दिनुपर्नेछ । यस लगत्तै कार्ड देखिन थाल्छ ।

यी विभिन्न विकल्पहरु अपनाउँदा पनि तपाईँको माइक्रोएसडी कार्ड प्रयोग गर्न सकिएन भने पक्कैपनि त्यो खराब भएको हुनुपर्दछ र तपाईँले नयाँ कार्ड किन्ने तयारी गरे हुन्छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  १० : २६ बजे

गगनलाई एनपीको आग्रह : क्रियाशील सदस्यताबारे थप विवाद नबढाउनू

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले सभापति गगन थापासँग पार्टीमा

रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका स्वीकृत

बालेनलाई बधाई दिएका तिब्बती नेता अमेरिकी स्वतन्त्रता दिवसमा सहभागी हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहलाई बधाई दिएर नेपालमा चर्चा कमाएका तिब्बती

सुजिता हत्याकाण्डका १० आरोपीलाई सफाइ

जलेश्वर– महोत्तरीमा घटना सुजिता ठाकुर हत्याकाण्डका १३ आरोपीमध्ये १० जनालाई