चर्चका पादरीको धन्दाः परमेश्वरको डर देखाउँदै पटक-पटक बलात्कार ! | Khabarhub Khabarhub

चर्चका पादरीको धन्दाः परमेश्वरको डर देखाउँदै पटक-पटक बलात्कार !


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर कुसुन्तीस्थित आशा विश्वासी मण्डली चर्चका पादरी बिश्वास जोशी भन्ने ध्रुवबाबु जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी कसुरमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाको लिखित जाहेरी आधारमा ललितपुर प्रहरीले चर्चका पादरी जोशीलाई पक्राउ गरेको हो ।

तीन महिनादेखि उनले एक महिलालाई निरन्तर प्रलोभन र धम्की देखाउँदै बलात्कार गर्दै आएको खुलेको हो । पीडित महिलाका अनुसार  पादरीले आफूसँग शारीरिक सम्पर्क गरे पाप नष्ट हुने भन्दै पटक-पटक बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छिन् ।

बाथ सम्बन्धी र शरिरको खुट्टाहरु काम्ने रोग चर्चमा गए निको हुने विश्वासका आधारमा आफू चर्चमा गएको र चर्चका पादरीले त्यसको फाइदा उठाएको उनले उल्लेख गरेकी छिन् ।

चर्चमा प्रार्थना गर्न जाने सिलसिला सो चर्चका पास्टर तिमीले नराम्रो काम गरेको कारण तिमीलाई यस्तो रोग लागेको हो। सो पाप मेटाउन शारिरीक सम्पर्क गर्नुपर्छ भन्दै बलात्कार गरेको उनले जनाएकी छिन् ।

पीडित महिलाले आफूलाई ललाई फकाई बिश्वास दिलाई बिगत ३ महिनादेखि जबरजस्ती करणी गरेको जनाएकी छन् । पहिले पटक ललितपुर जिल्ला ललिपुर महानगरपालिका अन्तर्गत चापागाँउमोडको एक गेष्ट हाउसको कोठामा बोलाई मेरो ईच्छा विपरीत ढोका बन्द गरी निज पाष्टरले  करणी गरेको जनाएकी छिन् ।

पादरीले परमेश्वरको डर देखाएर शारिरीक सम्पर्क गरेको उजरीमा उल्लेख छ ।

दोस्रो पटक आफूले संचालन गरेको पसलमा आई जबरजस्ती करणी गरेको पीडितले जनाएकी छिन् । उनले आफ्नो परिवार तथा साथीभाईलाई भनिदिने डरत्रासमा पारी पुनः करणी गरेको जाहेरीमा उल्लेख गरेकी छिन् । पुनः गत पुसमा पनि डर धम्की देखाएर करणी गरेको जाहेरीमा उल्लेख गरेकी छिन् ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  १० : ४२ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही