मोबाइल बेच्नुअघि अपनाउनुहोस यी १० सावधानी, नत्र आफैंलाई हुन्छ हानी « Khabarhub

मोबाइल बेच्नुअघि अपनाउनुहोस यी १० सावधानी, नत्र आफैंलाई हुन्छ हानी


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कुनै पनि पुरानो मोबाइल फ्याक्नु भन्दा सेकेन्ड ह्यान्डमा बेच्नु नै फाइदा हुन्छ ।

यसले तपाइलाई लाभ त गराउँछ नै साथै फष्ट ह्यान्ड किन्ने क्षमता नभएकालाई पनि राहत पुर्याउँछ । तसर्थ कुनै पनि मोवाइल फ्याक्नु भन्दा केहि पैसा लिएर बेच्नु नै उत्तम हुन्छ ।

तर मोवाइल बेच्दा मानिसहरु मात्र सिमकार्ड र मेमोरी कार्ड निकालेर बेच्न गर्दछन् । यसो गर्दा मोवाइल बेच्नेलाई नै उल्टै खतरा हुनसक्छ ।

अर्थात मोवाइलमा भएका अन्य गोप्य तथा महत्वपुर्ण ब्यक्तिगत विवरण गुम्ने खतरा उच्च हुन्छ । यस्तोमा पुरानो मोवाइल बेच्नुअघि यि १० कुरामा ध्यान पुर्याउनु आवश्यक हुने गर्दछ ।

१. मोवाइल बेच्दा मोबाइलमा लग इन भएका हरेक आइडीहरु लग आउट गर्नुपर्दछ । लगआउट नगरी मोबाइल बेचेमा व्यक्तिगत डाटाहरु अरुको हातमा पुग्न सक्छ ।

२. आफ्नो मोबाइलमा लगइन भएको सबै सामाजिक संजालहरु फेसबुक, ट्विटर, इन्स्टाग्राम वा ट्विटरका एपहरु पनि लगआउट गर्नु पर्दछ ।

३. लगआउट मात्र होइन मोबाइलको सेटिङको फ्याक्ट्री रिसेट गरेर नै आफुलाई सुरक्षीत राख्नुपर्दछ । यसो गर्नाले मोबाइलमा बाँकी भएका डाटाहरु पनि डिलिट हुने गर्दछन् ।

४. कतिपयले मोबाइलमा बैंक तथा अन्य अफिसियल कुराहरु राखेका हुन्छन् । यस्ता व्यक्तिगत तथा गोप्य विवरण पनि मोबाइलमा राख्नु हुदैन ।

५. मोबाइलको फ्याक्ट्रि रिसेट गर्दा सावधान हुन जरुरी छ किनभने सिसेट भएपछि त्यस अघिको कुनै पनि डाटा पाइदैन । यो सबै गुमेर जाने गर्दछ ।

६. मोबाइल बेच्नु पूर्व आफ्ना सबै डाटाहरु कुनै सुरक्षत स्थानमा सारेर राख्नुपर्छ । यस्तोमा कपी भन्दा पनि मुभ वा कट गरेर लानु नै उपयुक्त हुन्छ ।

७. प्राय अहिले सबैको मोबाइलमा जिमेल लगइन हुन्छ । त्यसैले मोबाइल बेच्नु पूर्व जिमेल खाता पनि लगआउट गर्नुपर्छ ।
८. मोबाइलको ब्राउजरमा तपाईको मोबाइलमा सेभ भएका पासवर्डहरु बाँकी हुन सक्छन् । त्यसैले मोबाइलको ब्राउजरको प्रोफाइलमा गएर सेभ पासवर्ड अप्सनबाट त्यसलाई पनि डिलिट गर्नु पर्छ ।

९. तपाइले चलाउँदा गुगल वा युट्युब लगायतमा हेरेको लिंक वा भिडियो पनि हिस्टोरीमा रहने गर्दछ । यस्तोमा सबैलाई अल क्लियर वा डिलिट गर्नु पर्दछ ।

१०. मोवाइलबाट सबै कुरा डिलिट गरेर पनि हामी मोवाइल बेच्नु अघिसम्म एउटा सिम हालेर चलाउने गर्दछौ । यस्तोमा तपाइले कल गरेको लिष्ट त्यहि मोवाइलमा रहने गर्दछ । यसलाई पनि अनिवार्य डिलिट गर्नुहोला ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ७ : ५५ बजे

समानुपातिकतर्फको सिट निर्धांरण, कुन दलले कति पाए ?

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र