मोबाइल बेच्नुअघि अपनाउनुहोस यी १० सावधानी, नत्र आफैंलाई हुन्छ हानी « Khabarhub

मोबाइल बेच्नुअघि अपनाउनुहोस यी १० सावधानी, नत्र आफैंलाई हुन्छ हानी


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कुनै पनि पुरानो मोबाइल फ्याक्नु भन्दा सेकेन्ड ह्यान्डमा बेच्नु नै फाइदा हुन्छ ।

यसले तपाइलाई लाभ त गराउँछ नै साथै फष्ट ह्यान्ड किन्ने क्षमता नभएकालाई पनि राहत पुर्याउँछ । तसर्थ कुनै पनि मोवाइल फ्याक्नु भन्दा केहि पैसा लिएर बेच्नु नै उत्तम हुन्छ ।

तर मोवाइल बेच्दा मानिसहरु मात्र सिमकार्ड र मेमोरी कार्ड निकालेर बेच्न गर्दछन् । यसो गर्दा मोवाइल बेच्नेलाई नै उल्टै खतरा हुनसक्छ ।

अर्थात मोवाइलमा भएका अन्य गोप्य तथा महत्वपुर्ण ब्यक्तिगत विवरण गुम्ने खतरा उच्च हुन्छ । यस्तोमा पुरानो मोवाइल बेच्नुअघि यि १० कुरामा ध्यान पुर्याउनु आवश्यक हुने गर्दछ ।

१. मोवाइल बेच्दा मोबाइलमा लग इन भएका हरेक आइडीहरु लग आउट गर्नुपर्दछ । लगआउट नगरी मोबाइल बेचेमा व्यक्तिगत डाटाहरु अरुको हातमा पुग्न सक्छ ।

२. आफ्नो मोबाइलमा लगइन भएको सबै सामाजिक संजालहरु फेसबुक, ट्विटर, इन्स्टाग्राम वा ट्विटरका एपहरु पनि लगआउट गर्नु पर्दछ ।

३. लगआउट मात्र होइन मोबाइलको सेटिङको फ्याक्ट्री रिसेट गरेर नै आफुलाई सुरक्षीत राख्नुपर्दछ । यसो गर्नाले मोबाइलमा बाँकी भएका डाटाहरु पनि डिलिट हुने गर्दछन् ।

४. कतिपयले मोबाइलमा बैंक तथा अन्य अफिसियल कुराहरु राखेका हुन्छन् । यस्ता व्यक्तिगत तथा गोप्य विवरण पनि मोबाइलमा राख्नु हुदैन ।

५. मोबाइलको फ्याक्ट्रि रिसेट गर्दा सावधान हुन जरुरी छ किनभने सिसेट भएपछि त्यस अघिको कुनै पनि डाटा पाइदैन । यो सबै गुमेर जाने गर्दछ ।

६. मोबाइल बेच्नु पूर्व आफ्ना सबै डाटाहरु कुनै सुरक्षत स्थानमा सारेर राख्नुपर्छ । यस्तोमा कपी भन्दा पनि मुभ वा कट गरेर लानु नै उपयुक्त हुन्छ ।

७. प्राय अहिले सबैको मोबाइलमा जिमेल लगइन हुन्छ । त्यसैले मोबाइल बेच्नु पूर्व जिमेल खाता पनि लगआउट गर्नुपर्छ ।
८. मोबाइलको ब्राउजरमा तपाईको मोबाइलमा सेभ भएका पासवर्डहरु बाँकी हुन सक्छन् । त्यसैले मोबाइलको ब्राउजरको प्रोफाइलमा गएर सेभ पासवर्ड अप्सनबाट त्यसलाई पनि डिलिट गर्नु पर्छ ।

९. तपाइले चलाउँदा गुगल वा युट्युब लगायतमा हेरेको लिंक वा भिडियो पनि हिस्टोरीमा रहने गर्दछ । यस्तोमा सबैलाई अल क्लियर वा डिलिट गर्नु पर्दछ ।

१०. मोवाइलबाट सबै कुरा डिलिट गरेर पनि हामी मोवाइल बेच्नु अघिसम्म एउटा सिम हालेर चलाउने गर्दछौ । यस्तोमा तपाइले कल गरेको लिष्ट त्यहि मोवाइलमा रहने गर्दछ । यसलाई पनि अनिवार्य डिलिट गर्नुहोला ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ७ : ५५ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा