रोनाल्डोको गोलले हारबाट जोगियो युभेन्टस « Khabarhub

रोनाल्डोको गोलले हारबाट जोगियो युभेन्टस


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमा युभेन्ट्स कोपा ईटालियाको पहिलो लेगमा हारबाट जोगिएको छ ।

बिहीबार राति भएको सेमिफाईनलको पहिलो लेगको खेलमा युभेन्ट्स र एसी मिलानले एक एक गोलको बराबरी खेलेका हुन् ।

एन्टी रबिकले ६१ औं मिनेटमा गोल गर्दै घरेलु टोली एसी मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए ।

थिएगो हर्नाल्डेज ७१ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि मिलान क्लब १० खेलाडीमा सीमित बनेको थियो ।

हारको नजिक पुगेको युभेन्ट्सलाई रोनाल्डोले जोगाए । दोस्रो हाफको ईन्जुरी समयमा प्राप्त पेनाल्टीमा गोल गर्दै उनले टिमलाई खेलमा फर्काउन सफल रहे ।

गत साता मात्र ३५ बर्षमा पुगेको रोनाल्डोले देश र क्लबका लागि ३५ खेलमा ३५ गोल गर्न सफल रहेका छन् ।

दोस्रो लेगको खेल मार्च ४ मा युभेन्ट्सको घरेलु मैदान टूरिनमा हुनेछ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ८ : १४ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति