दिलिप महतो हत्या प्रकरण : क्रसर सञ्चालकसहित तीन जना पुर्पक्षका लागि जेल चलान « Khabarhub

दिलिप महतो हत्या प्रकरण : क्रसर सञ्चालकसहित तीन जना पुर्पक्षका लागि जेल चलान


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषाका दिलीपकुमार महतोलाई टिपरले किचेर हत्या गरेको आरोप लागेका मध्ये तीन जना पूर्वपक्षका लागि जेल चलान भएका छन् । अन्य तीन जना आरोपी भने धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत धनुषाका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बिहीबार आरोपी तीन जनालाई पुर्पक्षका जेले पठाउने आदेश दिएका थियो ।

टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो र क्रसर सञ्चालक विपीन महतोलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो भने पक्राउ परेका मध्येका दिलीपसँगै खोलामा गएका छिमेक साथी रोशनकुमार यादव, सत्यनारायण महतो र शत्रुधन महतो जनही २५ हजार धरौटी रकम बुझाएर साधारण तारेखमा रिहा भएका छन् ।

खोलामा अवैध उत्खनन भइरहेको जानकारी पाएपछि गत पुस २५ गते विहान दिलीपको हत्या भएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  १० : ५६ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित