फ्राइडे रिलिज: सुशील र रुबिनाको ‘लभ डायरिज’ हलमा « Khabarhub

फ्राइडे रिलिज: सुशील र रुबिनाको ‘लभ डायरिज’ हलमा


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रवारदेखि सौरभ चौधरी निर्देशित फिल्म ‘लभ डायरिज’ प्रदर्शनमा आएको छ । पछिल्लो समय चर्चामा रहेको यो फिल्म प्रणय दिवसको अवसर पारेर प्रदर्शनमा आएको हो ।

फिल्ममा सुशील श्रेष्ठ, विश्वजित रिमाल र रुबिना थापाको शीर्ष भूमिका रहेको छ । प्रेमकथामा आधारित यो फिल्मको बुधवार राजधानीमा प्रिमियर समेत गरिएको थियो । प्रिमियरमा कलाकारले मन पराएको प्रतिक्रिया दिएका थिए ।

सुशील र रुबिनाको जोडी बाँधिएको प्रेमकथामा आधारित यो फिल्ममा प्रेम, विछोड र रोमान्सलाई देखाइएको छ । फिल्ममा विश्वजीत रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारले समेत अभिनय गरेका छन् । फिल्मका लगानीकर्ता विनोद सापकोटा हुन् ।

यस्तै फिल्ममा सञ्जय लामाको छायांकन, मिलन श्रेष्ठ र दीर्घ खड्काको सम्पादन तथा अर्जुन पोखरेलको संगीत रहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ११ : ११ बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र