मुस्लिम समुदायको धार्मिक सम्मेलन रोक्न गृह मन्त्रालयको निर्देशन | Khabarhub Khabarhub

मुस्लिम समुदायको धार्मिक सम्मेलन रोक्न गृह मन्त्रालयको निर्देशन


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– नेपाली मुस्लिम समुदायले सप्तरीमा आयोजना गर्न लागेको एउटा धार्मिक सम्मेलनसँग सम्बन्धित गतिविधिहरु तत्कालका लागि स्थगित गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गर्दै गृह मन्त्रालयले सम्मेलन सञ्चालनका लागि तोकिएका शर्तहरु पालना नभएको भन्दै तत्कालका लागि स्थगित गर्न भनेको हो ।

१ लाखको हाराहारीमा मुस्लिम धर्मावलम्बीहरु सहभागी हुने भनिएको उक्त सम्मेलनमा नेपाल र भारतका मुस्लिम धर्मावलम्बीलाई मात्रै सहभागी गराइनुपर्ने गृह मन्त्रालयको शर्त थियो । आयोजकहरुले गृह मन्त्रालयको शर्त स्वीकार पनि गरेका थिए ।

तर, पछिल्लो समय सीमा क्षेत्रबाट सम्मेलनमा सहभागी हुने भन्दै तेस्रो देशका मुस्लिम धर्मावलम्बी पनि नेपाल प्रवेश गर्न थालेपछि गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्र लेख्दै सम्मेलनको काम रोक्न भनेको हो ।

गृह मन्त्रालयको पत्र पछि जिल्ला प्रशासन कार्यालय सप्तरीले नेपाल–भारत सीमा क्षेत्रबाट सम्मेलनमा सहभागी हुने भनेर नेपाल आउने सबै व्यक्तिको प्रवेशमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनार्दन कट्टेलले सीमा–नाका सिल गरेर प्रवेशमा कडाइ गरिएको जानकारी दिए ।

‘गृह मन्त्रालयले सम्मेलन रोक्न भनेर बिहीबार पत्र पठाएको छ । गृहको पत्रपछि हामीले सीमा नाका सिल गरेर सम्मेलनमा सहभागी हुने भनेर आउने व्यक्तिको प्रवेशमा रोक लगाएका छौं,’ प्रशासकीय अधिकृत कट्टेलले खबरहबसँग भने, ‘आयोजकहरु अहिले नेपाल र भारतका मुस्लिम धर्मावलम्बीलाई मात्रै राखेर अन्य देशबाट आएकालाई फिर्ता पठाउन राजी हुनुभएको छ । यस विषयमा हामीले गृह मन्त्रालयलाई पनि जानकारी गराएका छौं ।’

नेपाली मुस्लिम समुदायका अगुवाहरुको समन्वयमा सप्तरीको बोदे बर्साइन नगरपालिकामा फागुन ३ देखि ५ गतेसम्म ‘राष्ट्रिय धार्मिक सम्मेलन’ आयोजना गर्ने भनिएको थियो । सम्मेलनमा भारतकै पुरानो मस्जिदमध्येको दिल्लीस्थित निजामुद्दीन मरकजका धार्मिक गुरु प्रमुख अतिथिको रुपमा सहभागी हुने भनिएको छ ।

गृह मन्त्रालयको निर्देशनपछि शनिबारदेखि शुरु हुने भनिएको सम्मेलनका विषयमा अन्यौलता बढेको भन्दै आयोजकहरुले असन्तुष्टि जनाएका छन् ।

अहिले सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनील खनालसहित आयोजकहरुले सम्मेलन शुचारु गर्ने विषयमा छलफल गरिरहेका जनाइएको छ ।

‘आयोजकहरुले तोकिएको शर्त पालना गर्ने गरी तेस्रो देशबाट आएका धर्मावलम्बीहरुलाई फिर्ता गर्ने भनेर प्रतिवद्धता जनाउनुभएको छ । उक्त प्रतिवद्धताअनुसार सम्मेलन शुरु गर्नुपर्ने मत पनि छ,’ जिल्ला प्रशासन कार्यालय सप्तरीका एक अधिकारीले भने, ‘यस विषयमा गृह मन्त्रालयले कुनै जवाफ दिएको छैन । हामीहरु अहिले गृह मन्त्रालयको जवाफको प्रतिक्षामा छौं ।’

सम्मेलन रोक्ने गृह मन्त्रालयको आदेशसँगै जिल्लामा सुरक्षा सतर्ककता बढाइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । अहिले कार्यक्रम आयोजना गर्ने भनेर तोकिएको स्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

‘संभावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ,’ जिल्ला प्रशासन कार्यालय सप्तरीका अर्का एक अधिकारीले भने ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  १२ : ४४ बजे

लोकतन्त्रका नक्कली सिक्का आफैँ खुइलिएर विस्थापित हुन्छन् : कांग्रेस नेता महर

बझाङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस लोकतन्त्रको सक्कली

एमालेकाे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

काठमाडौं– नेकपा एमालेले शनिबारबाट ललितपुरमा सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संवैधानिक काम गरे : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको