‘भ्यालेन्टाइन डे’ मा नेकपा उपाध्यक्ष गौतमको रोमान्टिक अवतार ! « Khabarhub

‘भ्यालेन्टाइन डे’ मा नेकपा उपाध्यक्ष गौतमको रोमान्टिक अवतार !


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे । नेपालमा भ्यालेन्टाइन डे मनाउने चलन पछिल्लो पुस्ता अर्थात तन्नेरी पुस्तामा विकास भइरहेको छ ।

पश्चिमा संस्कृति भएपनि नेपाली युवा युवतीले भ्यालेन्टाइन डे मनाउने गरेका छन् । प्रमी प्रेमिकाले एक अर्कालाई गुलाफका फूल दिएर वा उपहार दिएर माया व्यक्त गर्ने गर्छन् भने मन पराएका व्यक्तिलाई प्रपोज गर्ने दिनको रुपमा पनि यस दिनलाई लिने गरिएको छ ।

यसैबीच नेकपाका उपाध्यक्ष वामदेव गौतमले भ्यालेन्टाइन डे मनाएका छन् ।

१४ फेब्रुवरी अर्थात आज मनाइने भ्यालेन्टाइन डेमा उपाध्यक्ष गौतमले पत्नी तुलसा थापालाई गुलाफको फूल दिएका छन् ।

गौतमले पत्नीलाई गुलाफको फूल दिएको तस्वीर उनीहरुका छोरा हरिशले सामाजिक सञ्जालमा राखेका छन् । ‘रोमान्टिक बाबा आमाको अगाडि हामी त फिक्का’ हरिशले सामाजिक सञ्जालमा तस्वीर राख्दै लेखेका छन् ।

उपाध्यक्ष गौतमले घुँडा मारेर एक हातले पत्नी तुलसालाई गुलाफको फूल दिएका छन् भने अर्को हातले पत्नीको हात समाएका छन् ।

त्यस्तै सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यलाई गुलाफको फूल दिएको तस्वीर पनि भाइरल बनेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  १२ : ५१ बजे

जलनका बिरामी बढ्दै, उपचार विस्तार भए पनि जनशक्ति अभाव चुनौती

काठमाडौँ – गर्मी तथा हावाहुरीको मौसम सुरु भएसँगै नेपालमा आगलागीका

अनधिकृत संरचना हटाउँदा मानवीय संवेदना पहिलो प्राथमिकता : सुनिता डंगोल

काठमाडौँ– काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक जग्गा संरक्षण

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन (तस्बिर)

काठमाडौँ– सरकारले काठमाडौँ उपत्यकाका बागमती र मनोहरा नदीकिनार अतिक्रमण गरी