अन्तर्राष्ट्रियकरण नगर्ने सर्तमा इस्लामिक सम्मेलन गर्न अनुमति, भारत बाहेकका मुस्लिम सहभागी फर्काइने | Khabarhub Khabarhub

अन्तर्राष्ट्रियकरण नगर्ने सर्तमा इस्लामिक सम्मेलन गर्न अनुमति, भारत बाहेकका मुस्लिम सहभागी फर्काइने


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली मुस्लिम समुदायले सप्तरीमा आयोजना गर्न लागेको एउटा धार्मिक सम्मेलन गर्न गृह मन्त्रालयले पुन : अनुमति दिएको छ ।

मुस्लिम सम्मेलनलाई अन्तर्राष्ट्रियकरण नगर्ने सर्तमा सप्तरीको बोदेबरसाइन नगरपालिका–५ मा आयोजना हुने भनिएको इज्जित कार्यक्रम गर्न गृहले अनुमति दिएको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गर्दै गृह मन्त्रालयले सम्मेलन सञ्चालनका लागि तोकिएका शर्तहरु पालना नभएको भन्दै तत्कालका लागि स्थगित गर्न निर्देशन दिएको थियो ।

१ लाखको हाराहारीमा मुस्लिम धर्मावलम्बीहरु सहभागी हुने भनिएको उक्त सम्मेलनमा नेपाल र भारतका मुस्लिम धर्मावलम्बीलाई मात्रै सहभागी गराइनुपर्ने गृह मन्त्रालयको शर्त थियो । आयोजकहरुले गृह मन्त्रालयको शर्त स्वीकार गरेसँगै पुन कार्यक्रम आयोजना गर्न अनुमति प्रदान गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदार शर्माका अनुसार राष्ट्रिय स्तरको मात्रै सम्मेलन गर्ने भनेर अनुमति दिइएको भएपनि कार्यक्रममा तेस्रो देशका मुस्लिम धर्मावलम्बि पनि सहभागी हुने भएपछि स्थगित गर्न भनिएको थियो ।

‘राष्ट्रिय स्तरको कार्यक्रम गर्नका लागि हामीले कुनै रोक लगाएका छैनौं’ शर्माले भने,‘उहाँहरुले शर्त मान्ने भएपछि त्यसमा गृह मन्त्रालयको कुनै रोकतोक हुँदैन ।’

मुस्लिम आयोग नेपालका केन्द्रीय अध्यक्ष समिम अन्सारीको समन्वयमा तेस्रो देशबाट आएकालाई फिर्ता पठाउन राजी भएसँगै कार्यक्रम सुचारु हुने भएको शर्माले जानकारी दिए ।

नेपाल र भारत बाहेक अन्य मुलुकका मुस्लिम समुदायसमेत सम्मेलनमा सहभागी हुन आएको भन्दै गृह मन्त्रालयले कार्यक्रम रोक्न निर्देशन दिएको थियो । तर आयोजकहरु अहिले नेपाल र भारतका मुस्लिम धर्मावलम्बीलाई मात्रै राखेर अन्य देशबाट आएकालाई फिर्ता पठाउन सहमत भएसँगै कार्यक्रम हुने भएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनार्दन कट्टेलले जानकारी दिए ।

प्रशासकीय अधिकृत कट्टेलले खबरहबसँग भने, ‘आयोजकहरु अहिले नेपाल र भारतका मुस्लिम धर्मावलम्बीलाई मात्रै राखेर अन्य देशबाट आएकालाई फिर्ता पठाउन राजी हुनुभएको छ ।’

मुस्लिम आयोग नेपालका केन्द्रीय अध्यक्ष समिम अन्सारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत कार्यक्रम स्थगित नगराउन आग्रह गरेका थिए ।

‘मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले माथिल्लो तहमा पहल गरेपछि सम्मेलन हुने भएको हो’ स्रोतले भन्यो ।

इज्तिमा आयोजक समितिका संयोजक मोहम्मद गफुरले बंगलादेश र पाकिस्तानवाट आएका धर्मगुरु र सहभागीहरुलाई फर्काइने बताए । उनले ती मुलुकबाट कति संख्यामा धर्मगुरु र सहभागी आएका छन् त्यसको तथ्यांक संकलन गरिरहेको जानकारी दिए ।

शनिबारदेखि प्रारम्भ हुने धार्मिकसभा सोमबारसम्म चल्ने आयोजकको भनाइ छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  २ : ०८ बजे

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी