कोरोनाको त्रास : पाँच देशले रोक्न नदिएको पानीजहाजका यात्रुलाई कम्बोडियाका प्रधानमन्त्रीले गरे स्वागत « Khabarhub

कोरोनाको त्रास : पाँच देशले रोक्न नदिएको पानीजहाजका यात्रुलाई कम्बोडियाका प्रधानमन्त्रीले गरे स्वागत


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापान र ताईवानसहित पाँच एशियाली देशले आफ्ना बन्दरगाहमा आउन रोक लगाएको एउटा क्रूज पानीजहाजका यात्रुलाई क्याम्बोडियाका प्रधानमन्त्री हुन सेनले फूलका गुच्छा र परम्परागत पछ्यौरा उपहार दिँदै स्वागत गरेका छन् ।

एमएस वेस्टर्ड्याम नाम गरेको पानीजहाजलाई एशियाका पाँच बन्दरगाहमा रोकिन अनुमति दिइएको थिएन । त्यसलाई सिँहानुकभिल बन्दरगाहमा आउन दिएपछि अहिले क्याम्बोडियाका प्रधानमन्त्रीको सर्वत्र प्रशंसा भइरहेको बीबीसीले उल्लेख गरेको छ ।

त्यसअघि त्यो पानीजहाजलाई क्याम्बोडियाको भन्दा राम्रो स्वास्थ्यप्रणाली भएका जापान, ताइवान र थाईल्यान्ड, फिलिपिन्स र गुआमजस्ता राष्ट्रले आफ्नो बन्दरगाहमा आउन दिएका थिएनन् ।

क्याम्बोडियाको स्वास्थ्य मन्त्रालयले त्यो पानीजहाजमा रहेका २,००० यात्रु मध्येबाट २० जनाको नमुना जाँच गरेको छ। ती मध्ये कसैमा पनि कोरोनाभाइरसको सङ्क्रमण नभएको बताइएको छ ।

क्याम्बोडिया आइपुगेका पानीजहाजका यात्रुलाई आगामी दिनमा भाडामा लिइने विशेष विमानबाट आफ्ना देश पठाउने योजना बनाइएको छ ।

डाइमन्ड प्रिन्सेस नामक अर्को पानीजहाज जापानको योकोहामामा क्वारन्टीनमा राखिएको छ। त्यसमा ३७०० यात्रु छन् । तीमध्ये सबैको स्वास्थ्य परीक्षण गरिसकिएको छैन ।

त्यो पानीजहाजमा थप ४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण भेटिएपछि त्यहाँका सङ्क्रमित मानिसको कुल सङ्ख्या २१८ पुगेको छ।

कोरोनाभाइरस सङ्क्रमण भएको पाइएका यात्रुहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। तर जहाजभित्र रहेकाहरू आफ्ना क्याबिनमै रहन बाध्य छन् ।

बिहीवार जापान सरकारले जहाजमा रहेका सङ्क्रमण नभएका ८० वर्ष उमेर नाघेका यात्रुलाई जहाजबाट बाहिर निस्किन अनुमति दिइने बताएको थियो।

स्वास्थ्यमन्त्री कात्सुनोबु कातोले त्यस्ता यात्रुलाई शुक्रवार जहाजबाट बाहिर आउन दिइने जापान टाइम्स पत्रिकाले जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार कोरोनाभाइरसको प्रकोप चीनमा फैलिने क्रम जारी रहँदा त्यो भाइरस नियन्त्रण गर्ने दिशामा अझै उल्लेखनीय प्रगति हुन सकिरहेको छैन । चीनमा थप १२१ जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल सङ्ख्या १३८० पुगेको छ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ३ : १५ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री