जिपको ठक्करबाट ड्युटीमा तैनाथ प्रहरीका असईको मृत्यु « Khabarhub

जिपको ठक्करबाट ड्युटीमा तैनाथ प्रहरीका असईको मृत्यु


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साँगा– काभ्रेको साँगामा एउटा बोलोरो जिपको ठक्करबाट ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ ।

काठमाडौंबाट बनेपातर्फ गइरहेको बा १९ च १३२३ नम्बरको बोलेरो जिपको ठक्करबाट प्रहरी चौकी साँगामा कार्यरत प्रहरीका असई तेजबहादुर गुरुङको मृत्यु भएको हो ।

सशस्त्र प्रहरी गुल्म काभ्रेमा दरबन्दी भइ साँगा प्रहरी चौकीमा कार्यरत असई गुरुङलाई बोलेरो जिपले कार्यालय अगाडि नै ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविकुमार पौडेलले जानकारी दिए ।

असई गुरुङ नवलपरासीको त्रिवेणी–८ का स्थायी बासिन्दा हुन् ।

एसपी पौडेलका अनुसार ठक्कर दिने बोलोरो जिपका चालकलाई नियन्त्रणमा लिइएको छ । प्रारम्भिक अनुसन्धानबाट तीव्र गतिमा रहेको बोलोरोले आफ्नो नियन्त्रण गुमाउँदा दुर्घटना भएको देखिएको एसपी पौडेलले बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ३ : ५८ बजे

भारतमा कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक