इराकस्थित अमेरिकी सैन्य शिविरमा रकेट आक्रमण « Khabarhub

इराकस्थित अमेरिकी सैन्य शिविरमा रकेट आक्रमण


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्बिल– इराकस्थित एक अमेरिकी सैन्य शिविरमा रकेट आक्रमण भएको छ । इराकको उत्तरी किर्कुक शहरमा अमेरिकी सैनिक रहेको शिविरलाई लक्षित गरी कट्युसा रकेट आक्रमण भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिकी सैनिक तथा इराकी सुरक्षा फौज समेत रहेको के १ शिविरमा गराइएको रकेट आक्रमणमा कुनै मानवीय क्षति नभएको समाचारमा जनाइएको छ । शिविरबाट ५ किलोमिटर टाढाबाट रकेट आक्रमण भएको जनाइएपनि कुन समूहले आक्रमण गराएको भन्ने स्पष्ट भइसकेको छैन ।

यसअघि गत डिसेम्बर महिनाको अन्त्यतिर पनि यही सैनिक शिविरमा रकेट आक्रमण हुँदा एक अमेरिकी ठेकेदार मारिएका थिए । ती सैनिक ठेकेदार मारिनुमा इरानको हात रहेको भन्दै यही वर्षको शुरुमा अमेरिकी सेनाले राजधानी बगदादमा गरेको कारवाहीमा इरानका शक्तिशाली सैनिक अधिकारी कसिम सुलेमानीको ज्यान गएको थियो ।

त्यसयता इराकमा रहेका अमेरिकी सैनिक शिविरलाई लक्षित गरी बेलाबेला रकेट आक्रमण हुँदै आएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ४ : १६ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको