एसीसी इस्टर्न रिजन खेल्ने राष्ट्रिय टोली घोषणा, किशोर महतोलाई अवसर | Khabarhub Khabarhub

एसीसी इस्टर्न रिजन खेल्ने राष्ट्रिय टोली घोषणा, किशोर महतोलाई अवसर


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसीसी ईस्टन रिजन ट्वान्टी–२० क्रिकेट प्रतियोगिता खेल्ने १४ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा राष्ट्रिय टोलीको घोषणा गरेको हो।

टोलीमा कप्तान मल्लसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र अभिनास बोहरा रहेका छन् । यस्तै कुशल मल्ल, सुशन भारी, पवन शरार्फ, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की १४ सदस्यीय टोलीमा रहेका छन् ।

मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकर भने आईसीसी विश्वकप लिग २ का क्रममा चोट लागेपछि अहिले आराम गरिरहेका छन् ।

नेपालले घोषणा गरेको टोलीमा किशोर महतो पहिलो पटक राष्ट्रिय टोलीमा परेका खेलाडी हुन् । उनले घरेलु फ्रेन्चाईजी लिगमा राम्रो गरिरहेका उनले पहिलाे पटक राष्ट्रिय टोलीमा अवसर पाएका हुन् ।

सन २०१७ मा राष्ट्रिय टोलीबाट ब‌ंगलादेशमा भएकाे एसीसी इमर्जिङ टिम्स कप खेलेका थिए भुवन कार्कीले राष्ट्रिय टाेलीमा पुन: स्थान बनाउन सफल भएका छन् ।

टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा द्धन् भने व्यवस्थापकमा माधव कुमार कर्माचार्य, फिजियोमा विक्रम न्यौपाने र भिडियो एनालिसिष्टमा रमन सिवाकोटी रहेका छन् ।

प्रतियोगिता फागुन १७ गतेदेखि २३ गतेसम्म थाइल्यान्डमा हुनेछ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ५ : ४४ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय