एसीसी इस्टर्न रिजन खेल्ने राष्ट्रिय टोली घोषणा, किशोर महतोलाई अवसर « Khabarhub

एसीसी इस्टर्न रिजन खेल्ने राष्ट्रिय टोली घोषणा, किशोर महतोलाई अवसर


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसीसी ईस्टन रिजन ट्वान्टी–२० क्रिकेट प्रतियोगिता खेल्ने १४ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा राष्ट्रिय टोलीको घोषणा गरेको हो।

टोलीमा कप्तान मल्लसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र अभिनास बोहरा रहेका छन् । यस्तै कुशल मल्ल, सुशन भारी, पवन शरार्फ, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की १४ सदस्यीय टोलीमा रहेका छन् ।

मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकर भने आईसीसी विश्वकप लिग २ का क्रममा चोट लागेपछि अहिले आराम गरिरहेका छन् ।

नेपालले घोषणा गरेको टोलीमा किशोर महतो पहिलो पटक राष्ट्रिय टोलीमा परेका खेलाडी हुन् । उनले घरेलु फ्रेन्चाईजी लिगमा राम्रो गरिरहेका उनले पहिलाे पटक राष्ट्रिय टोलीमा अवसर पाएका हुन् ।

सन २०१७ मा राष्ट्रिय टोलीबाट ब‌ंगलादेशमा भएकाे एसीसी इमर्जिङ टिम्स कप खेलेका थिए भुवन कार्कीले राष्ट्रिय टाेलीमा पुन: स्थान बनाउन सफल भएका छन् ।

टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा द्धन् भने व्यवस्थापकमा माधव कुमार कर्माचार्य, फिजियोमा विक्रम न्यौपाने र भिडियो एनालिसिष्टमा रमन सिवाकोटी रहेका छन् ।

प्रतियोगिता फागुन १७ गतेदेखि २३ गतेसम्म थाइल्यान्डमा हुनेछ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ५ : ४४ बजे

नामिबियाविरुद्ध नेपालको फितलो प्रदर्शन

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा