सरकारद्वारा १६ जना सहसचिवको काज सरुवा | Khabarhub Khabarhub

सरकारद्वारा १६ जना सहसचिवको काज सरुवा


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले १६ जना प्रथम श्रेणीका अधिकृत (सहसचिव)हरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले १६ जना सहसचिवको काज सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव भुपाल बरालले मन्त्रिपरिषदको बैठकले १६ जना सहसचिवको सरुवा गरेको जानकारी दिए ।

सरुवा हुने सहसचिवमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बराल पनि छन् । उनलाई महालेखा नियन्त्रकको कार्यालय काठमाडौंमा काज सरुवा गरिएको छ । यस्तै, सामान्य प्रशासन मन्त्रालयकै अर्का सहसचिव केदार पनेरुलाई अर्थ मन्त्रालयमा काज सरुवा गरिएको छ ।

जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (सहसचिव) उमेश बस्नेतलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ भने जितपुर सिमरा उपमहानगरपालिकाका सहसचिव खड्ग बहादुर कार्कीलाई मधेसी आयोग, १ नम्बर प्रदेश प्रमुखको कार्यालयका सहसचि ठाकुर सिग्देललाई कर्णाली प्रदेश प्रमुखको कार्यालयमा काज सरुवा गरिएको छ ।

धनगढी उपमहानगरपालिकाका सहसचिव हरि खबतीको राष्ट्रिय समावेशी आयोग, वीरगन्ज महानगरपालिकाका सहसचिव कृष्णप्रसाद धितालको राष्ट्रिय दलित आयोग, विराटनगर महानगरपालिकाका सहसचिव भीष्मप्रसाद न्यौपानेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, राष्ट्रिय समावेश आयोगका सहसचिवको राष्ट्रिय योजना आयोग, राष्ट्रिय दलित आयोगका सुशील ढकालको राष्ट्रिय कितावखाना ललितपुर तथा धोराही उपमहानगरपालिकाका टिकाराम ज्ञवालीको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा काज सरुवा गरिएको छ ।

यस्तै, २ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका तेजराज पाण्डेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका शंकर प्रसाद सुवेदीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कर्णाली प्रदेश प्रमुखको कार्यालयका आनन्द सारुको तुलसीपुर उपमहानगरपालि, तुलसीपुर उपमहानगरपालिकाका कृष्ण कान्त उपाध्यायको ५ नम्बर प्रदेश प्रमुखको कार्यालय र हेटौंडा उपमहानगरपालिकाका सहसचिव उपेन्द्र खनालको उपराष्ट्रपतिको कार्यालयमा काज सरुवा भएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ५ : ५१ बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो