कांग्रेस सुध्रिएर अगाडि बढ्नुको विकल्प छैन : पौडेल « Khabarhub

कांग्रेस सुध्रिएर अगाडि बढ्नुको विकल्प छैन : पौडेल


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सुध्रिएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

नेपाली कांग्रेस ब्यासनगर समितिको आज दमौलीमा आयोजित नगर सम्मेलनको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउन पहिला आफै सुध्रिनुपर्नेमा जोड दिए ।

विपक्षी पार्टीप्रति जनताको भरोसा घट्दै गइरहेको अवस्थामा कांग्रेस जनताको भरोसाको केन्द्रविन्दु बन्न सक्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ थियो । “कांग्रेस सुध्रिए मात्रै लोकतन्त्र विरोधीसँग लड्न सक्छौ”, वरिष्ठ नेता पौडेलले भने, “नसुध्रिए झन् कमजोर अवस्थामा पुग्छौ ।”

वरिष्ठ नेता पौडेलले नेपालको राजनीतिलाई सम्मानित बनाउन वैचारिक बहस शुरु गर्नुपर्ने बेला आएको बताए । कांग्रेसको सिद्धान्तले मात्रै मुलुकको समृद्धि सम्भव रहेको दाबी गर्दै बरिष्ठ नेता पौडेले राजनीतिलाई शुद्धिकरण गर्नुपर्ने आवश्यकता औंल्याए ।

वरिष्ठ नेता पौडेलले नेता र पार्टी सिध्याउने षड्यन्त्र भइरहेको चर्चा गर्दै त्यसतर्फ पार्टीका कार्यकर्ता सचेत हुनुपर्नेमा जोड दिए ।

नेता पौडेलले भने, “वर्तमान सरकार राज्य व्यवस्थालाई कम्युनिष्ट दर्शनमा ढाल्ने प्रयास गर्दैछ ।” नेता पौडेलले नेपालमा कार्यकारी राष्ट्रपतीय शासन व्यवस्था लागू गर्ने प्रयास भइरहेको समेत चर्चा गरे । नेपाल विद्यार्थी सङ्घलाई अलपत्र पार्ने काम भएपछि पार्टीको विधानको धारा ४२ बमोजिम सङ्घमा पदाधिकारी चयन गरिएको नेता पौडेलले स्पष्ट पारे ।

कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टी विधि र विधान विपरीत चल्न थालेकोमा आपत्ति जनाए । भण्डारीले व्यक्तिगत फाइदाका लागि पार्टीभित्र झगडा हुने गरेको आरोप लगाउँदै पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए ।

अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीको आन्तरिक कलह छाडेर संविधानको रक्षाका लागि लड्नुपर्ने बेला आएको बताए । उनले विधानसम्मत एकता भए मात्रै पार्टीमा एकता सम्भव रहेको बताउँदै भागबण्डाको एकताले गुटबन्दी अन्त्य गर्न नसक्ने ठोकुवा गरे ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ८ : ४० बजे

पर्यटन प्रवर्द्धनका लागि छैटौँ बन्दीपुर महोत्सव

दमौली– पर्यटकीय नगरी बन्दीपुरको प्रचारप्रसार र बन्दीपुर भ्रमण वर्ष २०२५

नकुहिने फोहर बिक्रीबाट सात लाख आम्दानी

तनहुँ– जिल्लाको व्यास नगरपालिकाले नकुहिने फोहर बिक्रीबाट चालु आवको पहिलो

विद्यार्थी अपहरणको शृङ्खला बढेपछि नाइजेरियामा विद्यालय बन्द

एजेन्सी– आतंकवादी समूहहरूद्वारा विद्यार्थीहरूको अपहरणको शृङ्खलामा वृद्धि भएपछि नाइजेरियाली सरकारले

लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आवश्यक : अध्यक्ष ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

विराटनगरविरुद्ध काठमाडौंको ब्याटिङ संकटतिर, १३ रन जोड्दा ३ विकेटको क्षति

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार जारी दोस्रो