गोर्खा भर्तीबारे पुनरावलोकन गर्न माग गर्दै नेपालले बेलायतलाई लेख्यो पत्र « Khabarhub

गोर्खा भर्तीबारे पुनरावलोकन गर्न माग गर्दै नेपालले बेलायतलाई लेख्यो पत्र


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गोर्खा भर्तीबारे पुनरवलोकन गर्दै नेपालले बेलायतलाई पत्र लेखेको छ ।

सात दशकभन्दा पहिले नेपाल, भारत र बेलायतबीच भएको एउटा त्रिपक्षीय सन्धिको पुनरवलोकन गर्न माग गर्दै नेपालले औपचारिक पत्र पठाएको देखिएको छ।

दुईदिन अघि परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित बेलायत राजदूतावासलाई पठाएको पत्रमा नेपालले त्रिपक्षीय सन्धिको पुनरवलोकन र अवकाशप्राप्त गोर्खाका गुनासाहरूबारे वार्ताका लागि प्रस्ताव गरेको छ।

पत्रबारे परराष्ट्र मन्त्रालयका अधिकारीहरूले औपचारिक जानकारी भने नदिएको बीबीसीले उल्लेख गरेको छ ।

बेलायत उपनिवेशबाट भारत स्वतन्त्र भएपश्चात् गरिएको सन्धिकै प्रावधानका आधारमा नेपाली नागरिकहरू बेलायत र भारतीय सेनामा भर्ती हुँदै आएका छन्।

सन् १९४७ मा भएको सन्धिपश्चात् नेपालले यसप्रकारको औपचारिक पत्र पठाएको यो नै पहिलो पटक भएको बताइएको छ।

गत जुन महिनामा भएको प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमणका बेला उनले समकक्षी टेरिजा मेसँग पनि सन्धि पुनरवलोकनको प्रस्ताव राखेका थिए।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ९ : १७ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र