चट्याङसहित असिना पानी र हिमपात हुने पूर्वानुमान « Khabarhub

चट्याङसहित असिना पानी र हिमपात हुने पूर्वानुमान


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  पश्चिमी वायूको प्रभावले आज देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले निकालेको सूचनामा उल्लेख छ ।

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

आज राति देशका अधिकांश भूभागमा सामान्य बदली रहने छ । देशका पश्चिमी भूभागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी भूभागका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ् असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

पूर्वानुमान महाशाखाका अनुसार आइतबार पनि देशका केही पहाडी भेगमा मेघगर्जन, चट्याङसहित बर्षाको सम्भावना छ । सोमबारदेखि भने मौसममा सुधार हुने पूर्वानुमान गरिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ७ : ३० बजे

देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल) को

कतारमा हेलिकोप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं- कतारमा हेलिकोप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ

नेपालमा सरकार फेरिँदै गर्दा लिपुलेक नाकाबाट चीनसँग व्यापार थाल्दै भारत

काठमाडौं- नेपालमा सरकार फेरबदल प्रक्रिया अघि बढिरहँदा भारतले आगामी जुनदेखि

कांग्रेसको निष्कर्ष- आन्तरिक कारणले चुनावमा पराजित भयौँ

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको आन्तरिक कारणले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको

विपद्का घटनामा ६ जना घाइते, १ सय ९५ घरपरिवार प्रभावित

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका विपद्का घटनामा