बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु | Khabarhub Khabarhub

बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको भण्डारामा शुक्रबार राति बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बाराको पर्वानीपुर नगरपालिका–२ बस्ने २३ वर्षीय राजीव ठाकुर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्व पश्चिम लोकमार्गअन्तर्गत राप्ती नगरपालिका–७ वीरेन्द्रनगरमा नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश १–०१००१ ख ३४६४ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२०१४ प १४४६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाइते स्कुटरको पछाडि सवार ठाकुरको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।
स्कुटर चालक भरतपुर महानगरपालिका–१० का २२ वर्षीय श्रीसव देवकोटा घाइते भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

घाइते देवकोटाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था मध्यम रहेको उनले बताए। स्कुटरलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ९ : ०९ बजे

त्रिदेशीय महिला टी–२० : नेपाललाई नेदरल्याण्डले दियो १५८ रनको लक्ष्य

काठमाडौं– नेदरल्यान्ड्सले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाललाई

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन

भरतपुर अस्पतालको प्रयोगशाला रिपोर्ट स्वचालित मेसिनबाट

चितवन– भरतपुर अस्पतालले प्रयोगशाला लगायतका परीक्षणको रिपोर्ट स्वचालित प्रविधिमा बिरामी

रसुवामा पर्यटक आवागमनमा कमी, व्यवसाय ठप्प

रसुवा– पछिल्ला दिनमा मौसममा देखिएको गडबडीका कारण हिमाली जिल्ला रसुवामा

सरकार ढल्छ भनेर म्याद तोक्नेहरू छटपटाएका छन् : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशका सबै क्षेत्र अस्तव्यस्त