चोरीका लागि गएको चोर घरभित्रै निदाएपछि… « Khabarhub

चोरीका लागि गएको चोर घरभित्रै निदाएपछि…


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिजो यति धेरै निन्द्रा लागेको थियो कि खाना खाना साथ म त भुसुक्कै निदाएछु । यो आम ब्यक्तिको जिवनमा भइरहने घटनाको कथन हो ।

तर यो निन्द्रा सबैका लागी उपयोगी नहुन सक्छ । अझ चोरहरुको मामलामा त निदाउनु हानिकारक मानिन्छ । अझ चोरी गर्न गएको स्थानमा नै कोहि निदायो भने के होला ?

भारतको कर्नाटक राज्यको चर्चित शहर बैंगलुरुमा एक चोर, अबेर राति चोरी गर्न निस्किए । तर चोरी गर्दा ति चोर चोरी गर्न गएकै घरको सोफामा निदाए । तर जब घर मालिक घर आए उनले अनजान ब्यक्तिलाई आफ्नो घरको सोफामा मस्त सुतेको देखे ।

ती चोरको हातमा आफ्नो घरको चाबि समेत देखेपछि ति घर मालिकको रिसको सीमा रहेन र उनले चोरलाई निकै कुटे । त्यसपछि मात्र उनले प्रहरीलाई बोलाई जिम्मा लगाए ।

प्रहरीले उनलाई पक्राउ गरी चोरी मुद्धामा कारागार पठाएको छ । नशालु पर्दाथको सेवनका कारण चोरलाई निन्द्रा लागेको र सोफा देख्नासाथ निदाएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ९ : ५७ बजे

सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति  रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,