मुख्यमन्त्री – जनता स्वास्थ्य कार्यक्रम धुलिखेल अस्पतालबाट पनि सुरु | Khabarhub Khabarhub

मुख्यमन्त्री – जनता स्वास्थ्य कार्यक्रम धुलिखेल अस्पतालबाट पनि सुरु


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वाग्मती प्रदेश मुख्यमन्त्री – जनता स्वास्थ्य कार्यक्रम काभ्रेपलाञ्चोकमा पनि विस्तार भएको छ ।

प्रदेश सरकारले कुनै पनि बासिन्दा पैसाको अभावमा स्वास्थ्योपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले सञ्चालन गरेको यस कार्यक्रमअन्तर्गतका स्वास्थ्योपचार सेवा आजदेखि धुलिखेल अस्पतालबाट पनि उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।

प्रदेश सरकारले गत फागुन २२ गते हेटौंडा अस्पतालबाट चालु आर्थिक वर्षमा १३ जिल्लामै लागू गर्ने योजनाका साथ पुनः मुख्यमन्त्री–जनता स्वास्थ्य कार्यक्रम शुरु गरेको हो ।

पहिलो चरणअन्तर्गत जिल्लामा छ नगरपालिकाका नेपाल सरकारले गरिब घरपरिवार परिचयप्राप्त नागरिक तथा स्वघोषित विपन्न घोषणा गरेको व्यक्ति, लोपोन्मुख तथा अल्पसङ्ख्यक समुदाय, शहीद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइते, महिला स्वास्थ्य स्वयंसेविका, लोकतान्त्रिक जनआन्दोलनका घाइते व्यक्तिलाई निःशुल्क स्वास्थ्य जाँच गरिनेछ ।

सम्बन्धित वडाध्यक्षको सिफारिसमा ती व्यक्तिले धुलिखेल अस्पतालमा उपचार पाउने व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले जानकारी दिए।

झाका अनुसार धुलिखेल, बनेपा, पनौती, पाँचखाल, मण्डनदेउपुर र नमोबुद्ध नपाका चार हजार ३०० नागरिकको उपचार गराइनेछ ।

कार्यक्रमअन्तर्गत छ नगरस्थित ७४ वडाका एक हजार ८५० को निःशुल्क तथा दुई हजार ४५० को २५ प्रतिशत शुल्क छुटमा स्वास्थ्य परीक्षण हुनेछ ।

स्वस्थ्य परीक्षण तालिकाअनुसार धुलिखेल र मण्डन देउपुरका नागरिकले चैत महिनाको हरेक शनिबार, पाँचखाल र पनौतीकाले वैशाखको हरेक शनिबार, नमोबुद्ध र बनेपाका नागरिकलाई भने जेठ महिनाको हरेक शनिबार स्वास्थ्य परीक्षण गरिनेछ ।

काभ्रेपलाञ्चोकमा यस कार्यक्रम सञ्चालन गर्न मन्त्रालयमार्फत धुलिखेल अस्पताललाई करिब रु ५० लाख उपलब्ध गराइएको कार्यक्रमका ‘फोकल पर्सन’ नारायण भट्टले बताएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  १० : ३८ बजे

हाकिम बन्ने त्यो लिगलिगे दौड, अहिले मन्त्री र कर्मचारी

काठमाडौँ – भदौ २४ र २५ गते भएको जेन–जी आन्दोलन

निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन

काठमाडौं– जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र

विश्वभर उथलपुथल ल्याएका २१ औँ शताब्दीका पाँच क्रान्ति

काठमाडौँ- भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनपछि नेपाली

गृहमन्त्री अर्यालले प्रहरीलाई भने- उच्च मनोबलसहित काममा खट्नुहोस्

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक

जेन-जी सहिदको शवयात्रा : ६ जनाको शव हेलिकप्टरबाट गाउँ लगिने (तस्बिरहरू)

काठमाडौं– भदौ २३ गते भएको जेन-जी आन्दोलनमा ज्यान गुमाएका जेन-जी