स्वर्गको टुक्राजस्तो सिक्लेस (फोटो फिचर) « Khabarhub

स्वर्गको टुक्राजस्तो सिक्लेस (फोटो फिचर)



कास्की – पोखराबाट झण्डै ३ घण्टाको यात्रापछि सिक्लेस पुगिन्छ । हिँडेर जाने हो भने पूरै दिन लाग्छ । तर, सिक्लेस पुग्न यातायातको सहज सुविधा भएकाले कमै मात्र ट्रेकिङ गर्दै सिक्लेस जान कस्सिन्छन् ।

जतिजति सिक्लेसको नजिकै पुगियो, अन्नपूर्ण क्षेत्रका हिम शृङ्खला उति नजिक हुँदै जान्छन् । २५०० मिटरको उचाइमा रहेको कबुचे ताल पनि यही रूट हुँदै जानुपर्छ ।

केही वर्षयता सिक्लेस आन्तरिक र बाह्य पर्यटकका लागि फ्रेस हुन जाने गन्तव्य बनेको छ । लहरै मिलेका घर र यहाँको प्राकृतिक वातावरणले जोकोहीलाई पनि ‘रिफ्रेस’ बनाइदिन्छ ।

पोखराबाट मोटरसाइकलमा सिक्लेस जाने हो भने २ देखि ३ घण्टामा सिक्लेस पुगिन्छ । झरी परेको बेलामा भने बाटो चिप्लो हुने भएकाले यात्रा गर्दा बढी जोखिम हुने गर्छ । किनकि, बाटो पूरै कच्ची छ । ठाडै उकालो र ‌ओरालो बाटो भएकाले पनि मोटरसाइकलको यात्रा झरी परेका बेला थप जोखिमपूर्ण हुन्छ ।

पोखराको काहुँखोलाबाट बस चढेर सहजै सिक्लेस पुग्न सकिने भएकाले पनि सिक्लेसमा पर्यटकहरूको चहलपहल देखिन्छ ।

सिक्लेसमा बसोबासका लागि होमस्टे र गेस्ट हाउसको व्यवस्था छ । गाउँदेखि केही माथि रैसी डाँडाबाट देखिने हिमाली शृङ्खला, यहाँको स्वच्छ वातावरण, सिक्लेसको सुन्दरता, संस्कृति र जनजीवन यहाँको विशेषता हो ।

कच्ची बाटोका कारण यात्राले थकित बनाए पनि सिक्लेस पुग्दा लाग्छ, यो कुनै स्वर्गको टुक्रा हो ।

कच्ची बाटोका कारण थोरै जोखिम र असहज लागे पनि सिक्लेस यात्रा रोमाञ्चक भने हुने गर्छ ।

सिक्लेसबाट केहीमाथि रैसी डाँडाबाट हेर्दा हिमालका दृश्यहरु आफ्नै अगाडि देख्न पाउँदा जो कोहीलाई पनि स्वर्ग पुगेको महसूस हुन्छ ।

तस्वीरहरू: अर्घेलो थापा

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ११ : ५५ बजे

गृहमन्त्री र ‘हिन्दू सम्राट सेना’बीचको वार्ताप्रति हर्कको आपत्ति, यस्ता समूहलाई निषेध गर्न माग

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ’हिन्दू सम्राट सेना’

एमालेले भन्यो : सुनसरी घटनामा गृहमन्त्रीले मन जित्न सकेनन्, छानबिन समितिले न्याय दिन सक्दैन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले सुनसरी लगाएतका घटनामा पीडित

बागमतीमा नयाँ सरकारका लागि छलफलमा दलहरू

बागमती– बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र

पाँच सडकखण्ड अवरुद्ध, प्रहरीले भन्यो- अवस्था बुझेर मात्र यात्रा गर्नू

काठमाडौं– मुलुकका पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

सैनिक अधिकृतलाई राजुनाथको हप्की-दप्की : प्रधानसेनापतिले प्रधानमन्त्रीसँग राखे असन्तुष्टि

काठमाडौं- काठमाडौंको गोकर्ण क्षेत्रमा २० औँ वर्षदेखि अड्किएको करिडोर विस्तारका