कोरोना भाइरस : साउदी अरेबियामा पनि ‘लकडाउन’को तयारी « Khabarhub

कोरोना भाइरस : साउदी अरेबियामा पनि ‘लकडाउन’को तयारी


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण साउदी अरेबियामा पनि बढेको छ ।

बढ्दो संक्रमणका कारण साउदी अरेबियाले पनि ‘लकडाउन’को तयारी गरेको छ । साउदीले भोलि (आइतबार)देखि लागू हुने गरी २ हप्ताका लागि सबै अन्तर्राष्ट्रिय उडान रद्द गर्ने निर्णय गरेको छ ।

आन्तरिक मामिला मन्त्रालयले शनिबार यसको घोषणा गरेको अरबन्यूजले उल्लेख गरेको छ ।

शुक्रबार साउदीमा २४ जना नयाँ संक्रमित भेटिएसँगै देशभर संक्रमितको संख्या ८६ पुगेको छ ।

‘उडानमा प्रतिबन्धको नयाँ निर्णय आइतबार बिहान ११ बजेदेखि लागू हुनेछ’ मन्त्रालयले साउदी प्रेस एजेन्सीमार्फत जारी गरेको विज्ञप्तिमा उल्लेख छ ‘केही उडानहरुलाई विशेष परिस्थितिमा मात्र अनुमति दिइनेछ ।’

यो अवधिमा साउदी फर्किन नसक्ने कर्मचारीहरुका लागि यो अवधि आधिकारिक रुपमा सार्वजनिक बिदा मानिनेछ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  १२ : २६ बजे

रास्वपाको प्रशिक्षण सूचीमा किन अटाएनन् वरिष्ठ नेता ‘बालेन’ ?

काठमाडौँ– फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल

समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई यही चैत

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका

हुरीबतासले रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर– उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श