छोरालाई बन्चरो प्रहार गरेपछि दक्षिण अफ्रिकी राजा पक्राउ | Khabarhub Khabarhub

छोरालाई बन्चरो प्रहार गरेपछि दक्षिण अफ्रिकी राजा पक्राउ


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रिटोरिया– दक्षिण अफ्रिकाको एकजना जनजाती राजा आफ्नै छोरामाथि बन्चरो प्रहार गरेको अभियोगमा पक्राउ परेका छन् ।

दक्षिण अफ्रिकाको आबाथेम्बु जातीका राजा बुयेलेखया डलिन्ड्येबोलाई आफ्नै छोरामाथि बन्चरो प्रहार गरेको अभियोगमा पक्राउ गरिएको हो ।

उनले शुक्रबार बिहान आफ्ना परिवारका सदस्यमाथि कुटपिट गरेको र आफ्नै छोरामाथि बन्चरो प्रहार गरेको गरेको प्रहरीले जनाएको छ । परिवारका सदस्यलाई कुटपिट गरेपछि उनका छोरा युवराज अजेनाथी डलिन्ड्येबोले आफ्ना बुवा विरुद्ध उजुरी दिएका थिए ।

राजालाई यसअघि पनि विभिन्न अभियोगमा पटक पटक पक्राउ गरी छाडिँदै आएको दक्षिण अफ्रिकी सञ्चारमाध्यमले जनाएका छन् ।

दक्षिण अफ्रिकाका धेरै जातिहरुमा साँस्कृतिक रुपमा राजवंशको प्रथा रहँदै आएको छ । यद्यपि उनीहरुको कार्यकारी अधिकार भने अत्यन्त सीमित हुने गरेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ५ : ५९ बजे

सुहाङ नेम्बाङ : एमालेको विरासत जोगाउँदै नेताका रूपमा उदाए

काठमाडौं– नेकपा (एमाले) ले इलाम-२ को उपनिर्वाचनमा सुवासचन्द्र नेम्बाङका छोरा

तित्याङ–भकुण्डे सडक : ट्र्याक खुलेको २० वर्षपछि कालोपत्र

गलकोट– अहिले बागलुङ नगरपालिकाभित्रको सबैभन्दा अप्ठ्यारो सडकका रुपमा तित्याङ र

भीरबाट लडेर एक जनाको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा भीरबाट लडेर आज एक जनाको मृत्यु

आजका समाचार: चुनाव लड्ने विप्लवको निर्णयदेखि कर्णालीमा सरकार विस्तारसम्म

समितिमा अड्किएका विधेयकहरू आगामी अधिवेशनअघि पारित गरौँ सभामुख देवराज घिमिरेले

सप्तरीको चिम्टीमा भीषण आगलागी

राजविराज– सप्तरीको महादेवा गाउँपालिकामा  आज भीषण आगलागी भएको छ ।