छोरालाई बन्चरो प्रहार गरेपछि दक्षिण अफ्रिकी राजा पक्राउ « Khabarhub

छोरालाई बन्चरो प्रहार गरेपछि दक्षिण अफ्रिकी राजा पक्राउ


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रिटोरिया– दक्षिण अफ्रिकाको एकजना जनजाती राजा आफ्नै छोरामाथि बन्चरो प्रहार गरेको अभियोगमा पक्राउ परेका छन् ।

दक्षिण अफ्रिकाको आबाथेम्बु जातीका राजा बुयेलेखया डलिन्ड्येबोलाई आफ्नै छोरामाथि बन्चरो प्रहार गरेको अभियोगमा पक्राउ गरिएको हो ।

उनले शुक्रबार बिहान आफ्ना परिवारका सदस्यमाथि कुटपिट गरेको र आफ्नै छोरामाथि बन्चरो प्रहार गरेको गरेको प्रहरीले जनाएको छ । परिवारका सदस्यलाई कुटपिट गरेपछि उनका छोरा युवराज अजेनाथी डलिन्ड्येबोले आफ्ना बुवा विरुद्ध उजुरी दिएका थिए ।

राजालाई यसअघि पनि विभिन्न अभियोगमा पटक पटक पक्राउ गरी छाडिँदै आएको दक्षिण अफ्रिकी सञ्चारमाध्यमले जनाएका छन् ।

दक्षिण अफ्रिकाका धेरै जातिहरुमा साँस्कृतिक रुपमा राजवंशको प्रथा रहँदै आएको छ । यद्यपि उनीहरुको कार्यकारी अधिकार भने अत्यन्त सीमित हुने गरेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ५ : ५९ बजे

बलात्कारपछि हत्या: हामीलाई मृत्युदण्ड चाहिएको हो कि न्याय ?

आज हामी कुनै बालिका वा महिलामाथि बलात्कार गरी हत्या भएको

भोटेकोशी बाढीः अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

सुदूरपश्चिम – भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु