कोरोना भाइसरको त्रासले घर छोडेर भाग्ने प्रयासमा इरानी नागरिक « Khabarhub

कोरोना भाइसरको त्रासले घर छोडेर भाग्ने प्रयासमा इरानी नागरिक


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इरान– नयाँ कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि मध्यपूर्वी देश इरानबाट कतिपय मानिसहरुले घर छोडेर भाग्ने प्रयास गरिरहेको पाइएको छ ।

देशका सबै प्रान्तमा सङ्क्रमण देखिएपछि अस्पतालहरूलाई बिरामीको चाप थेग्न हम्मेहम्मे परेको बीबीसीले उल्लेख गरेको छ ।

महामारी कति भयावह छ भन्नेबारे मानिसहरूलाई थाहा छैन र अझै नराम्रो हुन सक्ने उनीहरूमा त्रास भएका कारण मानिसहरु घर छोडेर भाग्न थालेका हुनसक्ने समाचारहरु सार्वजनिक भएको छ ।

मानिसहरु कारमा खानेकुरा र अत्यावश्यक बस्तुहरु राखेर हिँडिरहेको भिडियो फुटजहरु सार्वजनिक भएको छ ।

चीन र इटलीपछि इरानमा सर्वाधिक सङ्क्रमण भएको पाएको छ । त्यहाँ शनिवारसम्म ५१४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

विभिन्न विवरणहरुका अनुसार पालो नपाएकाले सबै शवको परीक्षण हुन सकेको छैन । शव गृहहरु भरिएका छन् ।

इरानीहरु क्यास्पीयन सागर तिर जाने प्रयत्न गरिरहेको बीबीसीले उल्लेख गरेको छ । तट नजिकै धेरै मानिसका भव्य घरहरु रहेका छन् ।
कोरोना भाइरसको महामारीबाट भाग्न सकिने उनीहरुको विश्वास रहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ६ : ३५ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको