कोरोना भाइसरको त्रासले घर छोडेर भाग्ने प्रयासमा इरानी नागरिक « Khabarhub

कोरोना भाइसरको त्रासले घर छोडेर भाग्ने प्रयासमा इरानी नागरिक


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इरान– नयाँ कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि मध्यपूर्वी देश इरानबाट कतिपय मानिसहरुले घर छोडेर भाग्ने प्रयास गरिरहेको पाइएको छ ।

देशका सबै प्रान्तमा सङ्क्रमण देखिएपछि अस्पतालहरूलाई बिरामीको चाप थेग्न हम्मेहम्मे परेको बीबीसीले उल्लेख गरेको छ ।

महामारी कति भयावह छ भन्नेबारे मानिसहरूलाई थाहा छैन र अझै नराम्रो हुन सक्ने उनीहरूमा त्रास भएका कारण मानिसहरु घर छोडेर भाग्न थालेका हुनसक्ने समाचारहरु सार्वजनिक भएको छ ।

मानिसहरु कारमा खानेकुरा र अत्यावश्यक बस्तुहरु राखेर हिँडिरहेको भिडियो फुटजहरु सार्वजनिक भएको छ ।

चीन र इटलीपछि इरानमा सर्वाधिक सङ्क्रमण भएको पाएको छ । त्यहाँ शनिवारसम्म ५१४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

विभिन्न विवरणहरुका अनुसार पालो नपाएकाले सबै शवको परीक्षण हुन सकेको छैन । शव गृहहरु भरिएका छन् ।

इरानीहरु क्यास्पीयन सागर तिर जाने प्रयत्न गरिरहेको बीबीसीले उल्लेख गरेको छ । तट नजिकै धेरै मानिसका भव्य घरहरु रहेका छन् ।
कोरोना भाइरसको महामारीबाट भाग्न सकिने उनीहरुको विश्वास रहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ६ : ३५ बजे

गायिका सुनिता दुलालले गरिन इङ्गेजमेन्ट

काठमाडौं – लोकप्रिय गायिका सुनिता दुलालले लामो समयदेखिको प्रेम सम्बन्धलाई

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

हेटौंडा – मकवानपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको ज्यान गएको छ

फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ

शङ्कर पोखरेल भन्छन्ः सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदा समाजमा असन्तुष्टि बढ्यो

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सामाजिक

निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी भई जनताको मत