२०११ मा रिलिज भएको फिल्म ‘कन्टेजन’ मा कोरोना भाइरस प्रकोपको अवस्था चित्रण गरिएको थियो ? « Khabarhub

२०११ मा रिलिज भएको फिल्म ‘कन्टेजन’ मा कोरोना भाइरस प्रकोपको अवस्था चित्रण गरिएको थियो ?


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– कोरोना भाइरसको महामारीका कारण विश्वभर त्रास फैलिरहेका बेला यस्तै कथा बोकेको एउटा फिल्म यतिबेला चर्चामा रहेको छ । सन् २०११ मा रिलिज भएको ‘कन्टेजन’ नामक फिल्म हेर्नेको संख्या उकालो लागेको हो ।

यो फिल्म आइट्युन्सको रेन्टल चार्टमा उकालो लागिरहेको छ । कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो भएका कारण यो फिल्म हेर्नेको संख्या बढेको सहजै आकलन गर्न सकिन्छ ।

हलिउडमा भविष्यमा विकसित हुनसक्ने घटनालाई फिक्सन बनाएर ‘द ओमेगा म्यान’ ‘वल्र्ड वार जेड’ र ‘पान्डेमिक’ जस्ता गतिला फ्लिमहरु नबनेका होइनन् ।

सन् ५० र ६० को दशकतिर हलिउडमा आणविक युद्धपछि मानिसको भोगाइलाई समेटेर फिल्महरु बन्थे । आजकल भने भाइरस र अन्य जिवाणुले मानव सभ्यतालाई खतरामा पारेको सन्दर्भलाई समेटेर फिल्महरु बन्न थालेका छन् ।

सन् १९७१ मा माइकल क्रिचटनले लेखेको पुस्तकमा आधारित चलचित्र ‘द एण्ड्रोमेडा स्ट्रेन’ मा भविष्यमा विकसित हुने वैज्ञानिक एवं प्राविधिक कारणले मानव सभ्यतालाई खतरामा पारेको विषय प्रस्तुत गरिएको थियो ।

त्यसबाहेक सन् १९९५ को ‘१२ मंकिज’ नामक साइन्स फिक्सनमा विश्वव्यापी महामारीलाई रोक्नका लागि समययात्रा गरिएको विषय प्रस्तुत गरिएको थियो भने ‘आउटब्रेक’ चलचित्रमा अफ्रिकाबाट अमेरिकातर्फ ल्याउन लागिएको भाइरसलाई रोक्न डाक्टरहरुको प्रयासलाई पर्दामा उतारिएको थियो ।

यस्तै सन् १९८९ मा देखिएको इबोला भाइरस नियन्त्रणका लागि गरिएको प्रयासबारे नेशनल जियोग्राफिकमा ‘द हट जोन’ नामक वित्तचित्र गत वर्षमात्र प्रसारण गरिएको थियो ।

तर, ‘कन्टेजन’ चलचित्र भने कोरोना भाइरसको पछिल्लो खतरासँग धेरै समान छ । चलचित्रको कथामा हङकङबाट मिनेसोटा फर्केकी एक महिलामा यसअघि कहिल्यै नदेखिएको रोग देखा पर्छ ।

केही दिनभित्रै उनको मृत्यु हुन्छ । उनको मृत्युपछि उनका श्रीमानमा पनि यस्तै रोगको लक्षण देखा पर्छ । त्यसपछि यो रोग विश्वभर फैलिन्छ ।
यो रोगबारे अफवाह पनि उत्तिकै गतिमा फैलिन्छ, मनिसहरु आत्तिन थाल्छन् ।

त्यससँगै एककिसिमको अराजकता नै निम्तिन्छ । शहरभर लुटपाट मच्चिन्छ भने विमानस्थलहरु शून्य हुन्छन् ।

एकातिर मानिसहरु मर्ने क्रम जारी रहन्छ भने अर्कोतिर चिकित्सक तथा वैज्ञानिकहरु यसको खोप विकास गर्न अत्यन्त हताश हुन पुग्छन् । यस चलचित्रले महामारीको सबैभन्दा खराब अवस्था चित्रण गरेको छ ।

सामाजिक सञ्जालमा मानिसहरुले यो चलचित्रको तुलान हाल विश्वमा जारी कोरोना भाइरसको महामारीसँग तुलना गर्न थालेका छन् ।

यो चलचित्र रिलिज हुने बेला ‘द कमिङ प्लेग’ की लेखिका लउरी गरेटले भनेकी थिइन्, ‘यो फन्ट्यासी, वास्तविकता र सम्भावनाको मिश्रण हो’ ।

यसअर्थमा ‘कन्टेजन’ हेर्न लायक चलचित्र हो । यसमा कुनै अलौकिक कथा छैन, बरु यो चलचित्रको कथा आजको वास्तविकसँग नजिक छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ७ : १५ बजे

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर ८० लाख ठगेको अभियोगमा

बंगलादेशमा अवामी लिग प्रतिबन्धित हुँदा बीएनपी ठूलो जिततर्फ

काठमाडौं– बंगलादेशको राष्ट्रिय चुनाव २०२६ मा राष्ट्रियतावादी पार्टी (बीएनपी) ठूलो

बंगलादेशमा बीएनपी अध्यक्ष रहमान दुवै क्षेत्रबाट विजयी 

ढाका– बंगलादेशको १३औं राष्ट्रिय संसदीय निर्वाचनमा बीएनपीका अध्यक्ष तारिक रहमान

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक

काठमाडौं महानगरका ७५ हजारलाई निःशुल्क कानुनी सेवा, ३५ न्यायिक सहजकर्ता परिचालन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजदेखि पाँचौँ संस्करणका न्यायिक सहजकर्तालाई परिचालन गरेको