स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली सरकार « Khabarhub

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली सरकार


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरूपता ल्याउन यहाँका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्ने भएको छ । छलफल गर्न मङ्गलबार र बुधबार प्रदेश सरकारले भेला आयोजना गरेको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा वीरेन्द्रनगरमा उक्त भेला आयोजना हुन लागेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमार विकका अनुसार भेलामा प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध, उनीहरूबीचको सम्बन्ध तथा सेवा प्रवाह, कर्णाली प्रदेशले योजना छनौटसम्बन्धी हाल प्रयोगमा ल्याएका अभ्यास र योजना छनोट कार्यविधिबारे छलफल तथा  स्थानीय तहका कर्मचारी र राजस्व सङ्कलन तथा बाँडफाँटसम्बन्धी छलफल गरिनेछ ।

संविधानमा तीन तहका सरकारबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा अघि बढ्नुपर्ने भावनाअनुसार प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप समन्वयात्मक ढङ्गले अघि बढाउन प्रदेश सरकारले विषयगत छलफल तथा अन्तरक्रियाको आयोजना गरेको सचिव विकले बताए। छलफलमा दुई तहका सरकारबीच देखिएका कतिपय सम्बन्ध तथा समस्या र समाधानका उपाय खोजिने छन् । 

दुईदिने भेलामा नगरप्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्षसहित सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा प्रदेशका १० वटै जिल्ला समन्वय समितिका प्रमुख-उपप्रमुख सहभागी हुने सचिव विकले जानकारी दिए । 
 

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १ : ३१ बजे

पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको