च्याङथापूमा कोरोना भाइरस परीक्षण सहायता कक्ष | Khabarhub Khabarhub

च्याङथापूमा कोरोना भाइरस परीक्षण सहायता कक्ष


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापूमा कोरानो भाइरस परीक्षण सहायता कक्ष स्थापना गरिएको छ ।

नेपाल र भारतको सिक्किम जोड्ने चिवाभञ्ज्याङ नाकाबाट ओहोरदोहोर गर्ने यात्रुलाई लक्षित गरी आजबाट सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

गाउँपालिकाको व्यवस्थापनमा उक्त सहायता कक्ष स्थापना गरिएको हो । चिवाभञ्ज्याङ नाकाको प्रयोग गरी पारिवारिक भेटघाट, पशुपक्षी तथा सामान ओसारपसार हुने गरेको छ ।

च्याङथापू हुँदै पैदल यात्रु नाकामा आवतजावत गर्ने भएकाले उक्त स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याइएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख रविन खत्रीले जानकारी दिए ।

उक्त नाकाबाट ओहोरदोहोर गर्ने यात्रुमा उक्त रोगको सङ्क्रमणबारे सचेतना फैलाउने, उक्त रोगसँग मिल्ने लक्षण देखिने बिरामी भेटिए विशेष निगरानी गरी परीक्षण र उपचारमा पठाउन मद्दत गर्ने उद्देश्यले उक्त सहायता कक्ष स्थापना गरिएको हो ।

भारतमा कोरोनाभाइरस (कोभिड–१९) का बिरामीको सङ्ख्यामा बढ्न थालेका कारण सो नाकाबाट ओहोरदोहोर गर्ने यात्रुलाई विशेष निगरानी गर्न उक्त सहायता कक्ष स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बताए ।

सहायता कक्षले अत्यावश्यक काम बाहेक कोभिड–१९को प्रकोप रहेसम्म भारतको भ्रमण नगर्न यात्रुलाई सचेत गराउने, सीमा क्षेत्रमा कोभिड–१९को प्रकोप तथा सचेतनाका उपायबारे सचेतना फैलाउने र कोभिड–१९सँग लक्षण मिल्ने बिरामी भेटिए तत्काल विशेष निगरानी गरी माथिल्ला निकायमा जानकारी गराउने अध्यक्ष घिमिरेले जानकारी दिए ।

सहायता कक्षबाट स्थानीयवासीका लागि दैनिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ । सहायता कक्षमा बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म स्वास्थ्यकर्मी रहनेछन् । स्वास्थ्यकर्मी यहाँको च्याङथापू स्वास्थ्य चौकी र फलैँचास्थित सामुदायिक स्वास्थ्य एकाइबाट खटाइएको प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यले जानकारी दिए ।

नेपालीभाषी बाहुल्य भारतको सिक्किम राज्य तथा पश्चिम बङ्गालको पहाडी क्षेत्रसँग पाँचथर र ताप्लेजुङका स्थानीयको पारिवारिक सम्बन्ध, पशुपक्षी खरिद बिक्री, खाद्यान्न लगायत सामान खरिद विक्री हुने गरेको छ । पछिल्ला दिनमा पारिवारिक भेटघाटका लागि दैनिकजसो नेपाली सिक्किम जाने गरेका छन् भने सिक्किम र दार्जिलिङवासी नेपाल आउने गरेका सीमा प्रहरी चौकी च्याङथापूका प्रमुख प्रहरी नायब निरीक्षक बज्रबहादुर राईले जानकारी दिए ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ८ : ३२ बजे

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही

मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन

जनकपुरधाम– मधेस प्रदेशमा बजेट सम्बन्धमा देखिएको अवरोध हटाउन ६ सदस्यीय

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै