बम विस्फोट गरी सडक खुलाइने « Khabarhub

बम विस्फोट गरी सडक खुलाइने


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व– सिस्ने गाउँपालिका–२ मा बम विस्फोट गरी बाटो खुलाइने भएको छ ।

एक वर्षदेखि रोकिएको वडा नम्बर २ मा पर्ने देउखोला–नायगाड सडकखण्डमा बम विस्फोट गरी बाटो खुलाइने भएको हो ।

सडक खन्ने क्रममा पहिरो छिचोल्न नसकिएपछि बम विस्फोट गरेरै भए पनि ट्रयाक खोल्न लागिएको हो । त्यसका लागि बम विस्फोट गर्न गृह र रक्षामन्त्रालयले अनुमति दिइसकेको छ ।

जिल्लाको उत्तर पूर्वी क्षेत्र जोड्नेयो महत्वपूर्ण खण्ड हो । ग्रामीण सडक सञ्जाल सुधार आयोजना आरसीआइपीले ११.६ किलोमिटर लामो यो सडकखण्डमा आस्फल्ट कंक्रिट गर्ने भनेर पीएच/शङ्करमाली निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।

सम्झौताअनुसार पहिलो वर्षमा ट्रयाक खोलि सक्नेदेखि ग्राभेलसम्मको काम गर्ने भनिएको छ भने, अर्को वर्षमा कालोपत्रको काम गर्ने भनिएको छ । आस्फल्ट कंक्रिट अर्थात ३० एमएमबाक्लो कालोपत्र गर्ने सम्झौता भएको हो ।

बम विस्फोट गर्ने कुरालाई गृह र रक्षामन्त्रालयले अनुमति दिएसँगै सडक निर्माणको काम पनि शुरु भइसकेको आयोजनाका निमित्त प्रमुख इञ्जिनीयर शङ्कर खत्रिले बताउनुभयो । अब सडक निर्माणको काम पनि छिट्टै सम्पन्न हुने उनले बताए ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ८ : २१ बजे

प्रदीप पौडेलले भने- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र

दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्व : संयुक्त राष्ट्र

एजेन्सी– विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको