प्रदेश नं.१ मा ६७० को रिपोर्ट नेगेटिभ « Khabarhub

प्रदेश नं.१ मा ६७० को रिपोर्ट नेगेटिभ


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं. १ मा कोरोना भाइरसका शङ्कास्पद विरामीको परीक्षणमा सोमबारसम्ममा ६७० जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

थ्रोट स्वाब नमूना सङ्कलन गरिएका २३३ जनाको नमूनामध्ये पिसिआर मेशिसनमा परीक्षण गर्दा २१३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३५७ जनाको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना डेस्कका अनुसार थ्रोट स्वाबअन्तर्गत ३८ महिला सहित २३३ जना नमूना सङ्कलन गरिएकामा २० जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रदेशमा रहेको ४ हजार ४११ वेडको क्वारेन्टाइनमा ४९ महिलासहित ५७२ जना राखिएको छ भने ४४६ वटा आइसोलेशन बेडमा चार महिलासहित १० जना भर्ना गरिएको छ।

प्रदेशमा सङ्क्रमितको उपचारका लागि तयारी अवस्थामा ४४ वटा आईसियु वेडको व्यवस्था गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । क्वारेन्टाइनमा रहेका मध्ये आजसम्म पाँच महिलासहित ५४ जना घर फर्केका छन् भने होम क्वारेन्टाइनमा ६१२ महिलासहित ३ हजार ५ सय ५७ जना छन् ।

प्रदेश सोमबारसम्म ६५४ थान व्यक्तिगत सुरक्षा उपकरण (पिपीई) वितरण गरिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ८ : ५८ बजे

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख