खाडी मुलुकमा ६७ नेपालीको लाश अलपत्र, उडान प्रतिबन्धले ल्याउन समस्या « Khabarhub

खाडी मुलुकमा ६७ नेपालीको लाश अलपत्र, उडान प्रतिबन्धले ल्याउन समस्या


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बैदेशिक रोजगारीमा खाडी मुलुक गएका नेपालीहरुको उतै मृत्यु भएपछि उडान प्रतिबन्ध र लकडाउनले उनीहरुको लाश ल्याउन अप्ठ्यारो परेको छ ।

दैनिकजसो कफिनमा हालेर त्रिभुवन अन्तर्राष्टिय विमानास्थलमा आउने गरिएका लाश लक डाउन लागू भएपछि ल्याउन सकिएको छैन ।

हर्ट अट्याक, सवारी दुर्घटना, कार्य क्षेत्रमा हुने दुर्घटनाजस्ता कारणले मृत्युबरण गरेका नेपालीका ६७ वटा लाश अहिले सम्बन्धित मुलुकमै अलपत्र अवस्थामा परेका छन् ।

बैदेशिक रोजगार प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार, रोजगारीमा खाडी मुलुक गएका नेपालीमध्ये यो अवधिमा ६९ जना नेपालीहरुको विभिन्न कारणले मृत्यु भएको छ । यसमध्ये दुई जनाको उतै सत्गति गरिएकाले ६७ वटा शव नेपाल ल्याउनुपर्ने अवस्था छ ।

कोरोनाको संक्रमणका कारण युएईमा मृत्यु भएकी एकजना महिला र दक्षिण कोरियामा अर्कै कारण मृत्यु भएका एकजना नेपालीको उतै सत्गति गर्ने परिवारले सहमति जनाएपछि उनीहरुको उतै अन्तिम संस्कार गरिएको थियो ।

बाँकी ६७ वटा शव भने ल्याउने तयारी भएको छ तर खाडीका विभिन्न मुलुकबाट शव ल्याउनुपर्ने भएकाले अन्तर्राष्ट्रिय उडान नै प्रतिबन्ध भएको अवस्थामा कसरी ल्याउने भन्नेबारे छलफल चलिरहेको केन्द्रका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ९ : ४० बजे

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा

कांग्रेस सभापतिसहित नवनिर्वाचित पदाधिकारीले आज पदबहाली गर्ने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदबहाली

बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित

कांग्रेसमा विरासतको पूर्णविराम : सन्तानले थेग्न सकेनन् पितृ भार

काठमाडौं – नेपाली कांग्रेसमा कयौं नेताहरु पारिवारिक विरासत (लिगेसी) का