खाडी मुलुकका ५० हजार कामदारलाई तत्काल स्वदेश फर्काउन दवाव | Khabarhub Khabarhub

खाडी मुलुकका ५० हजार कामदारलाई तत्काल स्वदेश फर्काउन दवाव


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न मुलुकमा कामदारका रुपमा गएका नेपाली नागरिकहरुमध्ये तत्काल लगभग ५० हजारलाई स्वदेश फर्काउनु पर्ने दवावमा नेपाल सरकार परेको छ ।

रोजगारदाता खाडी मुलुकहरुले दवाव दिएपछि हजारौं नेपालीहरुलाई स्वदेश एकसाथ कसरी नेपाल फर्काउने भन्नेबारे नेपाल सरकार अप्ठेरोमा परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारदाता मुलुकका समकक्षीहरुसँग एकपछि अर्को गर्दै पटक पटक टेलिफोन संवाद गरेर आफ्ना नागरिकहरुको सुरक्षाका लागि अनुरोध गर्दै आएका भए पनि रोजगारदाता खाडी मुलुकहरुले आफ्नो देशमा कुनै कम्पनीहरु चल्न नसकेकोले वेरोजगार भएका कामदारहरु पाल्न नसक्ने भन्दै आफ्ना नागरिकहरुलाई फिर्ता लैजान नेपाल सरकारलाई दवाव दिएका हुन् ।

यस्तो दवावपछि परराष्ट मन्त्री प्रदीप ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आआफ्ना समकक्षीसँग नेपाली कामदारहरुको जीवन सुरक्षाका लागि कुराकानी गर्दै आएका छन्। उनीहरुले नेपाली नागरिकहरु कोरोनाका कारण संक्रमित भए आफ्ना देशका नागरिक सरह नै औषधि उपचारको व्यबस्था मिलाउने आश्वासन पनि दिएका छन्।

तर मुलुकका कुनै पनि उद्योग धन्दाहरु नचलेको अवस्थामा लाखौं नेपाली कामदार पालेर राख्दा देशको अर्थतन्त्र नै धराशायी बन्ने भन्दै फिर्ता लैजानुपर्ने अडान भने ती देशहरुले यथावत राखेका छन् ।

परराष्ट मन्त्रालय स्रोतका अनुसार, कुवेत, यूएईगायतका देशहरु जहाँ लाखौं नेपाली कामदारहरु छन् उनीहरुले त्यहाँका नेपाली दूतावासमार्फत नेपाली नागरिकहरु फिर्ता लैजान दवाव दिइरहेका छन् । पछिल्लो तथ्यांकअनुसार, तत्कालै ५० हजारजतिलाई भने उद्धार नै गरेर ल्याउनुपर्ने देखिएको परराष्ट स्रोतले बतायो । यीमध्ये ७ देखि १० हजारलाई कुवेतबाट तत्कालै उद्धार गर्नु पर्ने अवस्था छ।

कोरोनाको कहरले संसारमै आतंक मच्चाई रहेको छ कुनै न कुनै रुपमा । देशभित्र हुने नागरिक र बाहिर हुनेको फरक फरक समस्या छन् । अहिले धेरै नेपाली युवा मध्यपूर्व र खाडी रास्ट्रमा कार्यरत छन । नेपाल सरकारले प्राथमिकताका आधारमा ती युवालाई ल्याउने रणनीति बनाउनु पर्ने अबस्था आइलागेको छ ।

रोजगारदाता मुलुकहरुबाट धेरै नै दवाव आउन थालेको र कतिय मुलुकमा आफ्ना नागरिकहरु बिचल्लीमा पर्ने अवस्था आउन थालेपछि परराष्ट्र सचिव शंकरदाश बैरागीको संयोजनमा बैदेशिक रोजगार विभाग र अन्य सरोकारवाला मन्त्रालयका उच्चअधिकारीहरुबीच गत शुक्रबार विशेष छलफल भएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ११ : २५ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक