शाहरुखले महाराष्ट्रलाई दिए २५ हजार पीपीई « Khabarhub

शाहरुखले महाराष्ट्रलाई दिए २५ हजार पीपीई


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कोरोना भाइरससँगको लडाइँमा डाक्टर, नर्स र अन्य मेडिकल स्टाफले ज्यानको बाजी लगाएका छन् । यसैबीच बलिउड सुपरस्टार शाहरुख खानले महाराष्ट्रको फ्रन्टलाइन मेडिकल स्टारको सुरक्षाका लागि २५ हजार पीपीई किट दिएका छन् ।

यसको जानकारी महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले ट्वीट गरेर दिएका हुन् । उनले भनेका छन्, ‘यो हेल्थकेयर वर्कर्सका लागि सहयोगी हुनेछ ।’

स्वास्थ्यमन्त्रीले शाहरुखलाई धन्यवाद दिँदै ट्वीट गरेका छन् । मुख्यमन्त्रीले केन्द्र सरकारसँग एन९५ मास्क, पीपीई र ग्लब्स जस्ता सुरक्षा सामग्री उपलब्ध गराइदिन अनुरोध गरेका थिए ।

स्वास्थ्यमन्त्रीको ट्वीटमा जवाफ दिँदै शाहरुले धन्यवाद व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘किट मगाउनमा तपाईंले जुन सहयोग गर्नुभयो, त्यसका लागि आभारी छु ।’

शाहरुखले यसअघि पनि कोरोनाविरुद्धको लडाइँका लागि भन्दै सहयोग गरिसकेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ११ : ४७ बजे

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी