प्रतिदिन एक करोड ब्यारेल तेल कटौती गर्ने उत्पादक राष्ट्रहरुको सहमति « Khabarhub

प्रतिदिन एक करोड ब्यारेल तेल कटौती गर्ने उत्पादक राष्ट्रहरुको सहमति


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेट्रोलियम पदार्थ उत्पादक राष्ट्रहरुले प्रतिदिन एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्न सहमति भएका छन् ।

कोरोना भाइरस संक्रमणबाट अन्तर्राष्ट्रिय बजारमा तेलको  मागमा आएको कमीका कारण मूल्यलाई स्थिर राख्नका लागि उत्पादनमा दश प्रतिशत कटौती गर्ने सहमति भएको बीबीसीले जनाएको छ।

तेल उत्पादक राष्ट्रहरुबीच आइतरबार भएको एक भिडियो कन्फ्रेन्समार्फत उक्त सहमति भएको हो।

ओपेक प्लस तेल उत्पादकबीच ९ अप्रिलमा कटौतीको विषयलाई लिएर सम्झौता हुने तय भएको थियो। तर मेक्सिकोले उत्पादन कटौतीको विरोध गरेपछि ओपेकले घोषणा गर्न सकेको थिएन।

अहिलेसम्म ओपेक, रुस र अन्य सहयोगी तेल उत्पादक देशबीच प्रतिदिन ९०.७ लाख ब्यारल तेल कटौती गर्न भएको उक्त सहमति आउदो मे १ देखि लागु हुनेछ ।

सम्झौता अनुसार ओपेक प्लस समूहसँग अलग रहेका अमेरिका, क्यानडा, ब्राजील र नर्वेले पनि ५० लाख ब्यारेल कटौती गर्नेछन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कुवेतका उर्जामन्त्री डा. खालिद अली मोहम्मद अल–फादेलले ट्वीट गर्दै यसबारे जानकारी दिएका छन् ।

साउदी अरबको उर्जा मन्त्रालय र रुसीको सरकारी न्यूज एजेन्सी तासले पनि यसको पुष्टि गरेका छन्।

विश्वभरमा कोरोनाभाइरस संक्रमणका कारण तीन अरब भन्दा बढी मानिस घरभित्रै बस्न बाध्य हुँदा पेट्रोलियम पदार्थको खपत हुन सकिरहेको छैन ।

यसैकारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य १८ वर्षयताकै  सबैभन्दा सस्तो भएर प्रति ब्यारेल २० डलर भन्दा तलसम्म झरेको थियो ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १२ : २१ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच