पतिको कुटाइबाट गम्भीर घाइते भएकी महिलाको ३ दिनपछि मृत्यु | Khabarhub Khabarhub

पतिको कुटाइबाट गम्भीर घाइते भएकी महिलाको ३ दिनपछि मृत्यु


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैजनाथ– बाँकेको वैजनाथ गाउँपालिका –२ नौबस्तामा पतिको कुटाइबाट एक महिलाको मृत्यु भएको छ । नौबस्तास्थित पहाडीपुर निवासी बलसिंह मगरले आइतबार घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएकी पत्नी दिलमायाको मंगलबार मृत्यु भएको हो ।

घाइते दिलमायालाई घटनाको तीन दिनपछि आज बिहान उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको थियो । अस्पताल भर्ना भएको केहीबेरमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

नायव उपरीक्षक चन्दका अनुसार अनुसार मदिरा सेवनका विषयमा सामान्य विवाद हुँदा रिसको आवेगमा बलसिंहले श्रीमतीलाई धकेल्दा भित्तामा ठोक्किएर चोट लागेको थियो ।

तीन दिनसम्म पनि उपचार नपाएपछि दिलमायाको आज मृत्यु भएको हो । शव शिक्षण अस्पताल कोहलपुरमा राखिएको छ । अभियुक्त बलसिंहलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १२ : ३५ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास