सनसिटी अपार्टमेन्टका २ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

सनसिटी अपार्टमेन्टका २ जनामा कोरोना संक्रमण पुष्टि


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– र्‍यापिड टेस्टका क्रममा एन्टिबडी पोजेटिभ देखिएका काठमाडौंको काँडाघारीस्थित सनसिटी अपार्मेन्टमा बस्दै आएका ३ जनामध्ये २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतको लण्डनबाट नेपाल आइ अपार्टमेन्टमा बस्दै आएका ३ जनामा कोरोना संक्रमणको आशंकामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको थियो । आरडीटीका क्रममा तीनै जनाको एन्टिबडी पोजेटिभ देखिएको थियो ।

एन्टिबडी पोजेटिभ देखिएपछि सोमबार साँझ पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएका उनीहरुको पीसीआर विधिवाट परीक्षण गर्न नमूना लिइएको थियो । जसमध्येका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने अर्का एक जनाको नेगेटिभ रिपोर्ट आएको छ ।

कोरोना भाइरस पोजेटिभ देखिनेमा ८१ वर्षीया महिला र ५८ वर्षीया पुरुष छन् ।

यससँगै नेपालमा कोरोना संक्रमण देखिनेको संख्या १६ पुगेको छ । जसमध्येका १ जना उपचारपछि निको भएर घर गइसकेका छन् भने बाँकी १५ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

हालसम्म कोरोना पोजेटिभ देखिएकामध्ये सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा ५ जना, वीरगन्जको नारायणी अस्पतालमा ४ जना, बाग्लुङको धौलागिरी अस्पतालमा २ जना, काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा २ र ललितपुरको पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १ : ४५ बजे

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा– गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट

चौतर्फी विरोधपछि सरकारले फिर्ता लियो वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय

काठमाडौं– वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि गर्ने निर्णय

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ– बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर