कैदीले पनि ‘गाँस काटेर’ दिए लकडाउन प्रभावितलाई राहात « Khabarhub

कैदीले पनि ‘गाँस काटेर’ दिए लकडाउन प्रभावितलाई राहात


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुर कारागारका जेल जीवन बिताइरहेका कैदीबन्दीले बन्दाबन्दी (लकडाउन) का कारण समस्यामा परेका श्रमिक तथा विपन्न समुदायलाई हस्तान्तरण गर्न खाद्यान्न उपलब्ध गराएका छन् ।

आफूलाई उपभोग गर्न प्राप्त हुने खाद्य सामाग्रीबाट जोगाएर कैदीबन्दीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा मार्फत् ६ क्वीन्टल चामल र ५० किलोग्राम नुन दैविक प्रकोप उद्धार समितिलाई आज (मंगलबार) हस्तान्तरण गरेका हुन् ।

‘दुई क्वीन्टल चामल बिहान दाउरा र तरकारी ल्याउनेलाई वितरण गर्‍यौं,’ कारागार कार्यालय कञ्चनपुरमा रहेका कैदीबन्दीका नाइके भीम भट्टले भने, ‘कारागार कोरोनाको उच्च जोखिममा रहेको कुरो प्रमुख जिल्ला अधिकारलाई ध्यानाकर्षण गराएका छौं ।’

कैदीबन्दीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै कारागारको क्षमता भन्दा चार गुणा बढी रहेको जानकारी गराएका छन् । “सामाजिक दुरी समेत कायम गर्न सक्ने अवस्था कारागारमा छैन,’ नाइके भट्टले भने, ‘कोरोनाको सन्त्रासले झन समस्या भइरहेको छ ।’

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  २ : ०२ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको