धारिलो हतियार देखाएर किशोरीमाथि सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ « Khabarhub

धारिलो हतियार देखाएर किशोरीमाथि सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– १७ वर्षीया किशोरीमाथि सामूहिक रुपमा बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले ४ जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–४ का २४ वर्षीय नरेश भट्ट, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २० वर्षकै नरेश नेपाली छन् ।

प्रहरीका अनुसार उनीहरुले सोमबार साँझ गोरीगंगा–१ चनौरामा आफन्तको घरबाट फर्किरहेकी १७ वर्षीया युवतीमाथि सामूहिक रुपमा बलात्कार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार चारै जनाले युवतीलाई धारिलो हतियार देखाएर ज्यान मार्ने धम्की दिइ बलात्कार गरेका थिए ।

उनीहरुले स्थानीय सडकबाट करिब १ मिटर भित्र झाडीमा लगेर युवतीमाथि बलात्कार गरेका जनाइएको छ ।

प्रहरीले पक्राउ परेका ४ जनाको साथबाट हसिया र मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  २ : ४२ बजे

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको

भीरबाट लडेर घाइते एक जनाको निधन

अदानचुली– शुक्रबार दिउँसो भीरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी