पूर्वमन्त्री बस्नेतले प्रहरीलाई दिए पीपीई « Khabarhub

पूर्वमन्त्री बस्नेतले प्रहरीलाई दिए पीपीई


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एंव पूर्वमन्त्री महेश बस्नेतले नेपाल प्रहरीलाई कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने विभिन्न सामग्रीहरु प्रदान गरेका छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका बस्नेतले मानवीय आस्था नेपालको सहयोगमा उपलब्ध ती सामग्री कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीलाई प्रदान गरेका हुन् । प्रदान गरिएको सामग्रीमा हात धुन प्रयोग गर्नका लागि ५०० लिटरको पानी टैंकी ८ वटा, ३०० थान पञ्जा, २ सय ९६ थान सेनिटाइजर, थप ५ लिटर सेनिटाइजर, ५०० थान मास्क, १५ थान पीपीई लगायत छन् ।

महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, जगाती वृत्तका प्रहरी नायब उपरीक्षक चक्रराज जोशी र प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालालाई बस्नेतले ती सामग्री हस्तान्तरण गरे ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ४ : १४ बजे

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान