देशका विभिन्न ठाउँबाट पैदल हिँडेर कैलालीको चिसापानी पुगे ३१ जना « Khabarhub

देशका विभिन्न ठाउँबाट पैदल हिँडेर कैलालीको चिसापानी पुगे ३१ जना


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिसापानी– देशका विभिन्न ठाउँबाट पैदल हिँड्दै ३१ जना कैलालीको लम्कीचुहा नगरपालिकाको चिसापानी पुगेका छन् । नेपालका विभिन्न ठाउँबाट हिँडेर सुदूरपश्चिमको प्रवेशद्वार मानिने कर्णाली चिसापानी पुगेका तिनलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने भएका छन् ।

पूर्वी नेपालमा मजदूरी गर्ने उनीहरु सोमबार हिँडेरै चिसापानी पुगेका थिए । उनीहरुलाई प्रहरीले जताबाट आयो उतै फर्काइदिएको थियो । त्यसपछि बाँके पुगेका उनीहरुलाई बाँके प्रहरीले फेरि चिसापानीतिर नै फर्काइदिएको बताइएको छ ।

चिसापानी पुगेपछि जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाको पहलमा सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राख्नेगरी तिनलाई पठाउन लागिएको छ । ‘मान्छेलाई छाडापशु जस्तो दुःख दिनु हुँदैन, सरकार जिम्मेवार बन्न सक्नुपर्छ,’ जिसस प्रमुख थापाले भने ।

तिनलाई सम्बन्धित स्थानीय तहले बुझेर कम्तीमा १४ दिन क्वारेन्टाइनमा राख्नका लागि समन्वय भइरहेको नगरपालिका –३ का वडाध्यक्ष भक्तबहादुर चलाउनेले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ४ : २९ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको