देशका विभिन्न ठाउँबाट पैदल हिँडेर कैलालीको चिसापानी पुगे ३१ जना « Khabarhub

देशका विभिन्न ठाउँबाट पैदल हिँडेर कैलालीको चिसापानी पुगे ३१ जना


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिसापानी– देशका विभिन्न ठाउँबाट पैदल हिँड्दै ३१ जना कैलालीको लम्कीचुहा नगरपालिकाको चिसापानी पुगेका छन् । नेपालका विभिन्न ठाउँबाट हिँडेर सुदूरपश्चिमको प्रवेशद्वार मानिने कर्णाली चिसापानी पुगेका तिनलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने भएका छन् ।

पूर्वी नेपालमा मजदूरी गर्ने उनीहरु सोमबार हिँडेरै चिसापानी पुगेका थिए । उनीहरुलाई प्रहरीले जताबाट आयो उतै फर्काइदिएको थियो । त्यसपछि बाँके पुगेका उनीहरुलाई बाँके प्रहरीले फेरि चिसापानीतिर नै फर्काइदिएको बताइएको छ ।

चिसापानी पुगेपछि जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाको पहलमा सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राख्नेगरी तिनलाई पठाउन लागिएको छ । ‘मान्छेलाई छाडापशु जस्तो दुःख दिनु हुँदैन, सरकार जिम्मेवार बन्न सक्नुपर्छ,’ जिसस प्रमुख थापाले भने ।

तिनलाई सम्बन्धित स्थानीय तहले बुझेर कम्तीमा १४ दिन क्वारेन्टाइनमा राख्नका लागि समन्वय भइरहेको नगरपालिका –३ का वडाध्यक्ष भक्तबहादुर चलाउनेले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ४ : २९ बजे

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी