ललितपुरमा १०९ जनाको ‘र्‍यापिड डाइग्नोसिस टेस्ट’ रिपोर्ट नेगेटिभ « Khabarhub

ललितपुरमा १०९ जनाको ‘र्‍यापिड डाइग्नोसिस टेस्ट’ रिपोर्ट नेगेटिभ


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरमा विदेशबाट आएका १०९ जनाको ‘र्‍यापिड डाइग्नोसिस टेस्ट’ रिपोर्ट नेगेटिभ आएको छ । ललितपुरमा महानगरद्वारा मंगलबार गरिएको कोरोना परीक्षणको ‘आरडीटी’ रिपोर्ट नेगेटिभ आएको हो ।

ललितपुर महानगरपालिका र स्वास्थ्य कार्यालय ललितपुरले नेपाल सरकारको सहयोगमा कोभिड-१९ र्‍यापिड डाइग्नोसिस टेस्ट कार्यक्रमलाई ललितपुरमा निरन्तरता दिएको छ ।

मंगलबार महानगरको २९ वडा मध्ये २१ वटा वडामा विदेशबाट आएकाको परीक्षण गरिएको हो। जसमा ५७ जना पुरुष र ५२ जना महिला छन् । बाँकी वडाको लागि बुधबार धापाखेल र बुङमतीमा परीक्षण गरिने कार्यक्रम राखिएको ललितपुर महानगरले जानकारी दिएको छ ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले सावधानी अपनाउन यो टेस्ट गरिएको बताए । कोरोनाका लागि कुनै औषधि नबनेको बताउँदै नगरबासीलाई घरमै सुरक्षित बस्न समेत उनले आग्रह गरे ।

ललितपुर महानगरपालिका जनस्वास्थ्य शाखा र्‍यापिड रेस्पोन्स टिमका फोकल पर्सन देवी थापा गुरुङले रगत झिकेर उक्त टेस्ट गरेको बताइन् । चीन , बेलायत , भारत म्यानमारबाट नेपाल आएकाहरुको कोरोना परीक्षण गरिएको उनले जानकारी दिनइन् ।

मंगलबार महानगरको वडा नं १, २, ३, ४, १३ , २०, ५, ६, ७, ८, ९,१०, ११, १२, १४, १५, १६, १८, १९ ,२८, २९ मा बस्ने विदेशबाट आएकाहरुको  र्‍यापिड डाइग्नोसिस टेस्ट गरिएको थियो ।

बुधबार धापाखेलस्थित २४ नं वडा कार्यालयको भवनमा २३, २४,२६ र २७ वडामा बसोबास गर्ने विदेशबाट आएकाहरुको  र्‍यापिड डाइग्नोसिस टेस्ट गर्ने कार्यक्रम रहेको महानगरले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ५ : ४९ बजे

आज २०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा