ललितपुरमा १०९ जनाको ‘र्‍यापिड डाइग्नोसिस टेस्ट’ रिपोर्ट नेगेटिभ « Khabarhub

ललितपुरमा १०९ जनाको ‘र्‍यापिड डाइग्नोसिस टेस्ट’ रिपोर्ट नेगेटिभ


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरमा विदेशबाट आएका १०९ जनाको ‘र्‍यापिड डाइग्नोसिस टेस्ट’ रिपोर्ट नेगेटिभ आएको छ । ललितपुरमा महानगरद्वारा मंगलबार गरिएको कोरोना परीक्षणको ‘आरडीटी’ रिपोर्ट नेगेटिभ आएको हो ।

ललितपुर महानगरपालिका र स्वास्थ्य कार्यालय ललितपुरले नेपाल सरकारको सहयोगमा कोभिड-१९ र्‍यापिड डाइग्नोसिस टेस्ट कार्यक्रमलाई ललितपुरमा निरन्तरता दिएको छ ।

मंगलबार महानगरको २९ वडा मध्ये २१ वटा वडामा विदेशबाट आएकाको परीक्षण गरिएको हो। जसमा ५७ जना पुरुष र ५२ जना महिला छन् । बाँकी वडाको लागि बुधबार धापाखेल र बुङमतीमा परीक्षण गरिने कार्यक्रम राखिएको ललितपुर महानगरले जानकारी दिएको छ ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले सावधानी अपनाउन यो टेस्ट गरिएको बताए । कोरोनाका लागि कुनै औषधि नबनेको बताउँदै नगरबासीलाई घरमै सुरक्षित बस्न समेत उनले आग्रह गरे ।

ललितपुर महानगरपालिका जनस्वास्थ्य शाखा र्‍यापिड रेस्पोन्स टिमका फोकल पर्सन देवी थापा गुरुङले रगत झिकेर उक्त टेस्ट गरेको बताइन् । चीन , बेलायत , भारत म्यानमारबाट नेपाल आएकाहरुको कोरोना परीक्षण गरिएको उनले जानकारी दिनइन् ।

मंगलबार महानगरको वडा नं १, २, ३, ४, १३ , २०, ५, ६, ७, ८, ९,१०, ११, १२, १४, १५, १६, १८, १९ ,२८, २९ मा बस्ने विदेशबाट आएकाहरुको  र्‍यापिड डाइग्नोसिस टेस्ट गरिएको थियो ।

बुधबार धापाखेलस्थित २४ नं वडा कार्यालयको भवनमा २३, २४,२६ र २७ वडामा बसोबास गर्ने विदेशबाट आएकाहरुको  र्‍यापिड डाइग्नोसिस टेस्ट गर्ने कार्यक्रम रहेको महानगरले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ५ : ४९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन